Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

थोक तरकारी बजार सञ्चालनमा ढिलाइ

2019 Apr 28 1:07 PM 25

विज्ञापन

Birat Cancer Hospital
थोक तरकारी बजार सञ्चालनमा ढिलाइ

विनय राजवंशी, बिराटनगर । प्रधानमन्त्रि केपी शर्मा ओलीले तामझामका साथ उदघाटन गरेको प्रदेश नं १ को पहिलो कृषि बजार अलपत्र परेको छ । मोरङको कटहरी गाउँपालिका १ मा निर्माण गरी उदघाटन गरेको पनि २ महिना भयो तर आजका मिती सम्म सञ्चालनमा आएको छैन् ।

निर्माण सम्पन्न भैसकेको ६ महिनापछि एकिकृत तरकारी तथा फलफुल थोक बजार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि सञ्चालन हुन सकेको छैन । उद्घाटनपछि बजार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । सञ्चालन नहुँदा घास उम्रन थालेको छ । नमुनाको रुपमा हेरिएको यो कृषि बजार शुरुबाट असरी अलपत्र पर्दछ भने प्रदेश सरकारले के काम गर्ला भनेर स्थानीय बासी दुखित छन् ।

थोक बजार सञ्चालनका लागि आवश्यक कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको तत्कालिन व्यबसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा र कटहरी गाउँपालिकाको १८ कठ्ठा २ धुर ऐलानी गरी ५ विघा २ धुर जग्गामा १५ करोड ४९ लाख ३९ हजारको लागतमा थोक बजार निर्माण गरेको हो । यत्रो लागतमा निर्माण गरिएको सो थोक बजारमा कतैबाट पनि तरकारी आएको छैन् । उपभोक्ताहरु तरकारी किन्न जांदा केही भेटिदैन् भने आएको तरकारी पनि बिराटनगरको गुद्रि बजार तिर लानु भनेर थोक बजारमा बसेको सरकारी कर्मचारीले बताउछन् । बजार भन्दा टाढा छ समस्या हुन्छ उतै लानु भन्दै कृषकलाई दुःख दिन थालेका छन् । उक्त जग्गा सरकारले ५० बर्षका लागि भाडामा लिएर थोक बजार निर्माण गरेको छ । रमनरलामा जेभी कन्स्ट्रक्शनेले २०६८ सालमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा ठेक्का लिएर भदौ १५ गते निर्माण सम्पन्न गरेको थियो । कृषि वजार समयमा सञ्चालन हुन नसक्दा स्थानीय कृषकहरु निकै मर्कामा परेका छन् ।

तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेशिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलारव्याटरी, सिसिटिभी, सुरक्षा गार्ड पोष्ट र साना तथा ठूला सवारीसाधन पार्किङ्गको व्यबस्था तरकारी बजारभित्र छ । तर अस्तब्यस्त भएको हुनाले समस्या नै समस्या नै परेको सुरुक्षा गार्डले समेत बताएका छन् । बजारमा बर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र १० हजार मेट्रिक टन फलफुल बिक्री हुने लक्ष्य रहेको जनाइएको थियो । तर केही भएको छैन् ।

बजारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरस्थित मूल सडकमा लाग्दै आएको साप्ताहिक हटिया र गुन्द्री बजारलाई ब्यबस्थापन गर्ने सोच अनुसार बिराटनगर महानगरपालिकाले ल्याएको सो अभियान पनि अलपत्र परेको छ । प्रधानमन्त्रि उदघाटन गर्दै जाने अनि स्थानीय सरकार ओलाीलाई सहयोग नगर्ने प्रबिधी बढेको होकी भन्ने भ्वान पनै थालेको छ । बिराटनगर महानगरपालिकाले सो स्थानमा भब्य थोक बिक्री केन्द्र खोलेको भनेर ब्यापार प्रचार गर्दै आएको छ तर यो प्रचारमा सिमित रहेको हुनाले महानगरपालिका संग जनता को आक्रोस बढेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?