Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
यात्रा

मृत्यक रिनाको बिगत र बर्तमान, बैदेशिक रोजगारले निम्त्याएको नेपाली समाज

2019 Apr 29 2:21 PM 77

विज्ञापन

Birat Cancer Hospital
मृत्यक रिनाको बिगत र बर्तमान, बैदेशिक रोजगारले निम्त्याएको नेपाली समाज

बिनय राजबंशी, विराटनगर । मोरङ्गको पथरी शनिचरे नगरपालिका नं. १ मा ९ दिन अघी गत शनिवार नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षिय रिना बसनेतको आइतवार दाह संस्कार गरिएको छ । घटनाको अनुसन्धानलाइ प्रभावकारी बनाएर जति सक्दो चाडौँ सत्य तथ्य पता लगाउने सहमती भएपछी आफ्न्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा सबको अनत्येतेष्टी गरेका हुन् । मृत्यु पछी पनी किन बदनाम भइन रिना कस्मेटिक पसल संचालन गर्दै आएकी रिना बस्नेत मृत्यु पछि पनि किन बद्नाम भइन । एक साता अघि आफ्नै कोठा अगाडी नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत विभिन्न कारणले बद्नाम हुन पुगिन । युटुबमा उनका साथीहरुले रिनाको सबै भन्दा बढि बद्नाम गरे । वियर खाने देखि आनीबानी सम्मको कुराले मृत्यु पछि पनि सामाजिक सञ्जाल तथा अन्लाईनहरुमा बद्नाम हुन पुगिन । मादक पदार्थ खाएर श्रीमान विदेशमा हुदा हुदै अर्को सँग लागेको आरोप समेत लाग्यो । जसका कारण उनलाई मृत्यु पछि पनि गालि सामाजिक सञ्जालमा गालि गरिरहेका छन ।57649024_348875429306168_4082557416338620416_n श्रीमान हुदा हुदै अर्को केटा सँग लागेको भन्दै उनको सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी हुदै आएको छ । श्रीमान विदेशमा हुदा पनि लामो समय देखि सम्बन्ध राम्रो नभएको कारण पनि उनी मृत्यु पछि सर्वसाधरणको नजरमा नराम्रो भईन । अन्य समय पनि धेरै मादक पदार्थको लतमा पर्ने गरेको रिनालाई आफन्तहरुले पनि खासै राम्रो मान्दैन्थे । मादक पदार्थ धेरै खाने गरेको र आफ्नो श्रीमान सँग राम्रो सम्बन्ध नभएको कारण रिनाको बढि आलोचना भयो । लामो समय देखि कमल नेपाल सँग प्रेममा पदै आएको रिनाले श्रीमानलाई वेवस्ता गदै आएको थिईन । कमल नेपाल लामो समय देखि उनी सँग प्रेममा रहेको भन्दै श्रीमान सन्तोष वस्नेत पनि टाढिदै थिए । पथरीको रिना बस्नेत मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान यता न उता हुन पुगेको छ । मृत्यु भएको ७ दिन पुरा हुदा सम्म प्रहरीले दर्जन अनुसन्धान गरे पनि तथ्य भने बाहिर आउँन सकेको छैन । रिनाको मृत्यु जुन सुकै कारणले भएको भए पनि अनुसन्धान बाहिर आउँनु जरुरी छ । यस्तो छ पोष्टमार्टम रिपोर्ट रिना बस्नेत तिनै हुन् जसको गएको शनिबार राती मृत्यु भएको थियो । रहस्यमय भनिएको उक्त मृत्यु बजारिएको चोटपटकका कारण भएको पोष्टमार्टम रिपोर्टमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेख गरेको छ । उक्त रिपोर्टपछि प्रहरी पनि करिब–करिब बस्नेत मृत्युलाई ‘दुर्घटना’ अथवा ‘आत्महत्या’को निष्कर्शमा पुग्न सक्छ ! पछिल्लो पटक सीसीटिभी फुटेजमा देखिएको ठेलागाडामा ‘लास जस्तै’ चिज ल्याएको भन्ने अनुसन्धान गर्दा बिहान तरकारी बिक्रेता भएको पुष्टि भएपछि प्रहरीसँग अनुसन्धानका अन्य कुनै पाटा देखिँदैनन् । रिना बस्नेत मृत्यु प्रकरणका विभिन्न पाटाबाट अनुसन्धान अझै हुन सक्लान् । तर, उनको मृत्यु प्रकरणले तीनवटा पक्षलाई सामाजिक रूपमा र मृत्युपछिको अड्कलबाजी पत्रकारिताको अनुहार पनि खुलाएको छ । अझ, भनौ रिना मृत्यु प्रकरण ‘पोष्ट म्यारिज अफेयरको मृत सबूत बन्यो ‘हतारकारिताको परिबन्ध’मा प्रहरी फस्यो । मिडियामा रिनाका १४ बर्षीय छोरा साइमनले दिएको अभिव्यक्ति, पक्राउ गरिएका रिनाका प्रेमी भनिएका कमल नेपालले प्रहरीमा दिएको बयान र वैदेशिक रोजगारीका क्रममा दुबईबाट घटनापश्चात फर्किएका रिनाका पति सन्तोष बस्नेतले दिएको बयानले यसलाई पुष्टि गर्छ । बेरोजगारीले परिवार कसरी भत्किँदैछ भन्ने प्रमाण पनि रिनाको मृत्यु प्रकरण हो । घटना अनुसन्धानका क्रममा खुलेका केही तथ्यले परिवारमा विचलन ल्याउने लक्षण यस्ता पनि हुन सक्छन् भन्ने संकेत पनि गरेको छ । रिना माथि उब्जीएको केहि तथ्य पहिलो, रिना कसैको जन्मदिनको कार्यक्रममा छोरासहित सहभागी हुन पुगेकी थिइन् । त्यसपछि भएको सांगितिक कार्यक्रममा मदिरा पिएर रमाउन पुग्छिन् । घर फर्किँदा पनि मदिरासहित नै आउँछिन् । यसले के पुष्टि गर्छ भने वैदेशिक रोजगारमा पति विदेश हुँदा खुला समाजमा रमाउने पत्नी सामाजिक बन्धनबाट पाएको मुक्तिको अधिक प्रयोग गर्छिन् । दोस्रो, यहि प्रयोगका क्रममा उनको भेट अथवा कुराकानीको शीलशीला कमल नेपालसँग हुन्छ । यो कुराकानी भौतिक भेट गराउने माध्यम हुँदै प्रेम सम्बन्धसम्म झाँगिन्छ । यस्तो सम्बन्धमा खुसी, आवश्यकता, अनौपचारिकता र आवेग सबैको प्रयोग स्वभाविक बन्ने गरेका समाजका अन्य उदाहरण पनि छन् । तेस्रो, छोरासँग प्रेमीको भेट पनि गराएकी रहिछन् उनले । कसरी चिनाउने गर्थिन् त्यो अर्को पाटो भयो । तर, छोराले बयानमा भनेका छन ‘बाबुलाई यो सम्बन्धबारे भन्ने छुट थिएन । भन्ने कुरै आएन ।’समाजमा यो चरित्रको मृत प्रमाण रिना भइन् । तर, यो प्रतिनिधि उदाहरण हो । यस्ता सम्बन्धका अनेक आयाम अहिले पनि सहरोन्मुख ठाउँमा पर्याप्त हुन सक्छन् । चौथो, पनि सन्तोष बस्नेतले पत्नीको मृत्युपछि मात्र उनको प्रेम सम्बन्ध रहेको चाल पाएको बताएका छन् । ‘यस अघि थाहा थिएन, मृत्यु प्रकरणपछि विभिन्न पाटा खुले । यसै सन्दर्भमा थाहा पाएँ’, उनले भनेका छन् । रिनाका पति जस्तै विदेशमा रहेका कतिपय युवा यस्ता सम्बन्धका विविध पाटासँग जानकार हुँदैनन् । पारिवारिक आर्थिक व्ययभार र भविष्यका लागि जोहो गर्न परदेशीएका युवक का लागि पीडा दायक हुनसक्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो