Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विवादहरु मेलमिलाप गर्ने नगर बन्यो पथरीशनिश्चरे

2019 May 4 7:32 AM 25

विज्ञापन

Birat Cancer Hospital
विवादहरु मेलमिलाप गर्ने नगर बन्यो पथरीशनिश्चरे
राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका जिल्लामै सवैभन्दा बढी विवादहरु मेलमिलापको माध्यमबाट निरुपण गर्ने नगर बनेको छ साथै नगरपालिका को न्याय सम्पादन कार्य समेत व्यवस्थित देखिएको छ । जिल्ला अदालतबाट आएको न्यायाधिस सहितको टोलीले अनुगमन् गर्ने क्रममा पथरीशनिश्चरे नगरको न्यायिक समितिको कार्य सम्पादन अन्य पालिकाको तुलनामा व्यवस्थित देखिएको ठहर गरेको हो । अनुगमन्मा आएको जिल्ला न्यायाधिस दीपक खनाल नेतृत्वको टोलीले वडा वडामा मेलमिलापकर्ता राखेर विवादको निरुपणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरेका छन । न्यायाधिस खनालले पथरीशनिश्चरेको न्याय सम्पादनका गतिविधि, प्रक्रिया र सक्रियता जिल्लामै अगुवा भएको उल्लेख गरेका छन । उनले नगर उपप्रमुख एवम् न्यायिक समिति संयाजक यमुना विष्ट वास्तोलाको सक्रियतासँगैको मेलमिलाप कार्यले समाजमा विवादका घटना कम हुँदै जान मद्धत पुग्ने ठहर गरेका छन । सो क्रममा जिल्लामै सवैभन्दा वढी उजुरीमाथि मेलमिलाप गरेको पथरीशनिश्चरे नगरमा चालु आर्थिक वर्षको वैशाख १८ गतेसम्म २ सय १६ वटा उजुरी परेको जानकारी गराइएको छ । त्यसमध्ये २ सय वटा उजुरीमाथि मेलमिलाप भइसकेको छ यस्तै अघिल्लो वर्षमा २ सय वटा उजुरी परेको थियो । नगरमा प्रत्येक साताको विहिवार र शुक्रवार उजुरीहरु उपर छलफल गरी मेलमिलाप गराउने कामको समय निर्धारण गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?