Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शिक्षा एक सेवा हो तर यसमा ब्यापार पनि लुकेको छ – सेवक बजगाईं (प्रिन्सिपल)

2019 May 9 11:59 AM 10

विज्ञापन

Biratkhavar
शिक्षा एक सेवा हो तर यसमा ब्यापार पनि लुकेको छ – सेवक बजगाईं (प्रिन्सिपल)
वर्तमान समयमा निजी विद्यालयहरुको शिक्षा नीति, विद्यालयमा उपलब्ध हुने पाठ्यपुस्तक, निजी विद्यालयमा हुने पढाइ, निजी विद्यालयहरु किन व्यापारीक बन्दै छन् वा शिक्षालाई सेवा वा ब्यापार के भन्ने अन्यौल भईरहेको अबस्थामा सामाजिक क्षेत्रमा समेत कृयासिल युवा सेवक बजगाईंले शिक्षा र शिक्षकबारे आफनो फरक मत प्रस्तुत गरेका छन् साथै एजेलिया वोर्डिङ स्कुलमा के कस्ता गतिविधिहरु संञ्चालन भइरहेका छन् । यस्तै विषयवस्तुमा केन्द्रित भएर एजेलिया वोर्डिङ स्कुलका प्रिन्सिपल सेवक बजगाईंसँग मोहन ढकालले विराट खवरका लागी गरेको कुराकानी प्रस्तुत गरिएको छ । १. तपार्इँलाई हाम्रो अनलाईनको डेष्कमा स्वागत छ ? विराटखवर अनलाईन पत्रिका तपाई कत्तिको हेर्नु हुन्छ ?  धन्यावाद । मोहन जी, तपाईको यो अनलाईन पत्रिका फुर्सदको समयमा हेरिरहेकै हुन्छु । २. निजी क्षेत्रमा कहिलेबाट प्रवेश गर्नुभयो ?  म निजी क्षेत्रमा प्रवेश गरेको २१ वर्ष भयो । ३. एजेलिया स्कुलको प्रिन्सिपलको भुमिका कहिले देखि निर्वाह गर्नुभयो ?  २०७३ मंसिर देखी प्रिन्सिपलको रुपमा कार्यरत छु । ४. निजी विद्यालयमा कस्तो शिक्षा निति रहेको छ ?  निजि विद्यालयहरु वृहत रुपमा हेर्दा खेरी अहिले देशको महत्वपूर्ण शिक्षा क्षेत्रले ओगटेको छ । यद्यपी केही आरक्षणका कोटाहरुमा निजी विद्यालयहरुबाट उत्पादित विद्यार्र्थीहरुलाई यसमा समावेश हुन नदिइरहेको अवस्थाले विद्यार्थीहरुलाई यस्ले म चाहि यो देशको नागरिक हैन कि भन्ने प्रभाव परेको छ । यस्ता कुरालाई छाड्ने हो भने अन्य विषय सबै राम्रो छ । ५. अहिलेको अवस्थामा तपाईँको विद्यालयले कस्ता शिक्षा दिइरहेको छ ?  एलेलिया स्कुलमा चाँहि मेरो प्रवेशबाट हामीले फरक ढङ्गबाट सञ्चालन गर्ने सोच बनाएर अघि बढेका छौँ । यसमा चाँहि विशेष गरी विद्यार्थीहरुलाई कितावी ज्ञान र व्यवहारिक शिक्षालाई पनि हामीले अलिक बढी एकिकृत गरेका छौँ । जस्ले गर्दाखेरी विद्यार्थीहरुको चौतर्फी विकासमा अझै टेवा पुग्छ भन्ने मलाई लाग्छ । ६. निजी विधालयहरुमा विद्यालय पिच्छे पाठ्यपुस्तकहरु फरक फरक हून्छन् ? किन यस्तो भएको होला ?  यस्तो हो । पाठ्यपुस्तकका प्रकाशकहरु धेरै छन् । प्रकाशकहरु मध्ये उत्कृष्ट पुस्तक कुन विषयको कुन प्रकाशकको राम्रो छ भन्ने अवस्थामा हामीले लेखकहरुलाई अध्ययन गरेर कुनमा चाहि नयाँ नयाँ कुराहरु नेपाल सरकारले सिफारिस गरेअनुसार कुन पुस्तक चाँही उपयक्त हुन्छ त्यहि अनुसार पुस्तक छनोट गर्छौँ । ७. निजी विद्यालयको पढाई ‘सुँगा रटाइ’ जस्तै हो भन्ने सुनिन्छ । साँच्चै त्यस्तै हो ?  यदि सुँगा रटाइ हुन्थ्यो भने हाम्रा विधार्थीहरुले अहिले देश विदेशमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउदैन थिए होला । किनभने त्यहाँ त सुगाँ रटाइ हुदैन थ्यो । त्यसकारणले गर्दा खेरी यो एउटा पुरानो भन्ने शैली यसमा मलाई त्यति सत्यता लाग्दैन । ८. निजि विद्यालयहरु व्यापारमुखी बन्दै गएको हो ?  सम्पुर्णं खर्च चाहि निजी विधालयको अभिभावकबाट उठाइएको फीबाट सञ्चालन हुन्छ । त्यसकारणले गर्दा खेरी यो शिक्षण प्रणालीमा एउटा सटेन एमाउन्ट हामीले मासिक शुल्क लिनु जरुरी छ । नाफामुखी हुनु भनेको के छ भने विधालय सञ्चालनको लागि ठुलो रकम आवश्यक छ । अव अहिले सरकारी स्कुलकै विचार गर्ने हो भने एउटा विधार्थीलाई रु एक हजार ९ सय रुपैया प्रति महिना सरकारले लगानी गरेको छ । भनेपछि त्यो जुन लगानी छ त्यो भन्दा कम लगानीमा विधार्थीहरुलाई हामीले शिक्षा दिइरहेका छौँ । त्यसकारण यो नाफामुखी भन्न मलाई त्यिित उपयक्त लाग्दैन् । ९. तपाइले आफ्नो विद्यालयलाई अरु भन्दा भिन्न र उत्कृष्ट बनाउन के कस्ता कदम चाल्दै हुनुहुन्छ ?  मैले यस एजेलिया स्कुलमा प्रवेश गरेदेखि नै भन्ने गरेको छु । पहिलो नम्बरमा त दण्डरहित शिक्षालाई अगाडी बढाएका छौँ । दोस्रो कुरा विधार्थीहरुलाई समय समयमा तालिम दिन्छौ । त्यसकारण हामीले उत्पादन गरेका विधार्थी अरु भन्दा फरक हुन्छन् । १०. निजी क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?  अहिले सम्म सन्तुष्ट नै छु । अगामी दिनमा पनि यहि क्षत्रमा लागेर देशको लागि योग्य नागरिक उत्पादनमा मेरो पनि सहयोग होस भन्ने लाग्दछ । ११. अन्त्यमा केही भन्नुहुन्छ ?  एजेलियालार्य सम्झेर आइदिनु भयो, हाम्रा कुरा आम नागरीकका अघि राख्ने मौका दिनुभयो । तपाईँ प्रति म हार्दिक आभार प्रकट गर्दछु र एजेलिया स्कुललाई नजिकबाट हेरिदिनुहुन अनुरोध गर्दछु । तपाईहरुले दिनुभएको मायाममता र जुन मलाई दिनुभएको उत्साह चाहीँ सधै गरी रहीरहोस भन्न चाहान्छु ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु