Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अन्य ३ वटा अस्पतालमा असम्भव अपरेशन डा. पि.के.गुप्ताबाट सफल उपचार

2019 Jun 25 5:42 PM 25

विज्ञापन

Birat Cancer Hospital
अन्य ३ वटा अस्पतालमा असम्भव अपरेशन डा. पि.के.गुप्ताबाट सफल उपचार
सुनिल तिमल्सेना. विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको सफल शल्यक्रिया गरेको छ । विराटनगरका विभिन्न अस्पतालमा उपचार सम्भव नभएको अवस्थामा मोरङको बुढिगंगा गाउपालीका स्थित विराट मेडिकल कलेज टिचिगं अस्पताल टंकीले सफल उपचार गर्न सफल भएको हो ।vlcsnap-2019-06-25-17h30m52s853 बिराटनगरका न्युरो अस्पताल अनि गोल्डेन अस्पताल हुदै बिरामी अन्तमा डा. प्रदिप कुमार गुप्ताको सम्पर्कमा आईपुगेको हो । भारतको फारबिन्स गन्जबाट एम्बुलेन्समा हिडेको बिरामी डा. पिके गुप्तालाई देखाउनु भन्दै स्थानीय जानकार र घरका मान्छेले समेत एम्बुलेन्सका चालकलाई भनेका थिए तर डा. गुप्ता अहिले छैन्न् भन्दै चालकले बढी कमिशनको लोभमा परि न्युरो अस्पतालमा ती बिरामी बालकलाई पुराईदिएका थिए । बिरामी जटिल समस्यामा परेको देखे पछि केही उपचारमा खर्च भए पश्चात गोल्डन अस्पताल तर्फ लगे तर त्यहा पनि उपचारको क्रम बढी खर्च हुन थाल्यो । अपरेशन गर्न समस्या हुने देखिए पछि भारतका अबिभावकलाई फोन मार्फत जानकारी गराए । कहा लगेको भन्दा त न्युरो अनि गोल्डेन अस्पताल भने पछि बिरामी लिएर आएका कुरुवाहरु छक्क परेको बिरामीका आफन्त श्याम शर्माले बताए । डा. पिके गुप्ता त बिराट नर्सिगं होममा बस्छन् उहाँ नै जानु भने पछि अभिभावकहरुले पुनः बिराट नर्सिगं होममा ल्याए पश्चात डा. गुप्ताको टिमबाट सफल अपरेसन भएको हो । vlcsnap-2019-06-25-17h31m28s638 भारतको साहेवगंञ्ज संकरपुर घर भएका बाह्र बर्षिय दीप प्रकाशको लिच्चिको रुखबाट लडेर हात भाचिँएर हड्डी बाहिर निस्किएको साथै देब्रे कुहिनाको रगत संचार नलि कटेर अत्यधिक रक्तश्राव भएको अवस्थामा सफल सल्यक्रिया गरएिको आज पत्रकार सम्मेलन गरेर अस्पतालले जानकारी गराएको छ । विराटनगरका अन्य अस्पतालमा उपचार सम्भव नभएको र देब्रे कुहिनादेखि हात काट्ने जानकारी पाएपछि विरामिका आफन्तले विरामिलाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा ल्याएका थिए । सो अस्पतालमा हात नकाट्ने र बचाँउने प्रयास गर्दै हाडजोर्नी बिशेषज्ञ चिकित्सकहरु डा. प्रदिप कुमार गुप्ता, शुवास चन्द्र झा, डा. मिथलेश गुप्ता, डा. अजय चौधरी र डा. अजय महतो लगाएतको टोलीले सफल शल्यक्रिया गरेकोे अस्पतालले आज जानकारी गराएको छ । उपचारको बाह्रौ दिन पछि बिरामिको रगत संचार नलि जोडेपछि पूर्ण रुपमा हातमा रक्त संचार भएको र सबै औँलाहरु पूर्णरुपले चलिरहेको साथै सफल उपचार गराउन सफल भएको विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका हाडजोर्नी विभाग प्रमुख डा. प्रदिप कुमार गुप्ताले बताउनुभयो । त्यस्तै अरु दुईजना बिरामीको समेत अन्य अस्पतालमा उपचार असम्भव भएपछि सोही अस्पतालमा उपचार भइरहेको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अन्य सुविधाजनक भनिएका अस्पतालमा समेत उपचार हुन नसकेका विरामिको उक्त अस्पतालमा सफल उपचार हुने भएपछि जटिल प्रकृतिका विरामिको चाप बढेको अस्पतालका संचालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?