Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कार्यालय सहयोगीबाट इलाममा जग्गाको नापी जांच, बास्तविक कर्मचारीबाट ठगी

2019 Jul 24 11:16 AM 42

विज्ञापन

Birat Cancer Hospital
कार्यालय सहयोगीबाट इलाममा जग्गाको नापी जांच, बास्तविक कर्मचारीबाट ठगी
इलाम । अमिन र सर्वेक्षकको काम कार्यालय सहयोगीले गर्छन् भन्दा पत्याउन गाहे होला । तर नापी कार्यालय इलामका कार्यालय सहयोगी देव तिखत्रीले अमिन सर्वेक्षकको काम गर्ने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी तिखत्रीले भर्खरै इलाम नगरपालिका ९ गोलाखर्कका प्रेम चौहान र नेत्रकला अधिकारी चौहानको जग्गा नाप्न गएका थिए । उनले छ आना भनेर नापिएको जग्गा पछि साढे पाँच आना मात्र पुष्टि भएपछि खैलाबैला मच्चिएको छ । प्रेम र नेत्रकलाले एक स्थानिय छत्रकुमारी कट्टेललाई जग्गा विक्रि गर्नका लागि मालपोत कार्यालय आउँदा सो कुरा खुलेका हो । कार्यालयमा आउँदा आफैँ अमिन भन्दै तिखत्रीले नाप्न आउने भनेको र नाप्न गएको पिडित नेत्रकलाले बताएका छन् । कार्यालय सहयोगी देव तिखत्रीले सुरुमा अमिन पढ्नै नपर्ने ब्यवहारिक ज्ञानले नै काम चलाउने गरेको भन्दै ठुला कुरा गरे । पछि हाम्रो क्यामेराको अगाडी भने सामान्य अमिनको काम अमिनले नै गर्ने तर आफुले अमिनको कामले नगरेको वताए । उनले उल्टै तपाइँ आफैँ पनि नाप्न सक्नुहुन्छ नि भनेर हामीलाई सिकाए । अर्को अनौठो कुरा त जग्गावालाले कार्यालयमा आएर निवेदन दिनुपर्ने त्यसपछि मात्र कार्यालयले तेकोको राजश्व जम्मा गरिसकेपछि मात्र नाप्नका लागि अमिन पठाउने भए पनि कार्यालयमा बुझ्नका लागि आएका सेवाग्राहीलाई आफैँ नाप्न आउने वताए । अमिनले जमिनवालाको जग्गा नापेबापतको रकम राजश्वमा जम्मा हुन्छ । उनले चौहान परिवारबाटबाट बिना विल ४ हजार लिएको उनीहरु वताउँछन् । त्यो पैसा कुन राजश्वमा जम्मा भयो । हाल इलाम नगरपालिका ९ गोलाखर्क साविक इलाम नगरपालिका भित्रै पर्दछ । त्यहाँ अमिनले नापेवापत ९ सय १६ रुपया लिन पाइन्छ । तर कार्यालय सहयोगी तिखत्रीले भने ४ हजार रकम लिएका छन् । यता नापी कार्यालय इलामका प्रमुख सुमन बिक्रम पन्तले भने यो सरासर गल्ति भएको बताएका छन् । यसरी कार्यालय सहयोगीले नै अमिनको काम गर्न थालेपछि अमिन विषय खर्च गरि गरि किन पढ्ने ? अनी जान्दै नजानेको मान्छेले यस्तो काम गरेर सेवाग्राहीलाई सास्ती भएको छ । यसको क्षतिपुर्ती कसले दिने ? यो सानो गल्ति हुँदै हैन । यस्तो प्रबृति बढ्दै गयो भने सामान्य मानिसलाई मात्र हैन नेपाल सरकारलाई पनि राजश्व जम्मा पैसा जम्मा नहुँदा सिंगो देशलाई नै घाटा हुन्छ । यस तर्फ कसको ध्यान जाने ? ,

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला