Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चलखेलमा डिस्पी सुब्बाले निर्देाश ब्यक्तिलाई हिरासतमा थुने र मानबअधिकारको खिल्ली उठाए

2019 Aug 11 1:29 PM 42

विज्ञापन

Birat Cancer Hospital
चलखेलमा डिस्पी सुब्बाले निर्देाश ब्यक्तिलाई हिरासतमा थुने र मानबअधिकारको खिल्ली उठाए
दमक । दमक इलाका प्रहरी कार्यालयका डिस्पी श्यामल सुब्बाले लाईप लाईन हस्पिटल दमकका अध्यक्ष समेत रहेका डा.तिलकचन्द्र साहको निर्देशनमा निर्दोश ब्यक्ति सुनिल देवलाई बिना कारण १० दिन देखि हिरासतमा राखेका छन् । डिस्पी सुब्बाले पैसा कै भरमा बिराटनगर घर भएका सुनिल देवलाई बिना कारण पटक पटक म्याद थप्दै ढगी गरेको भन्दै मानसिक यातना मात्र दिएन् कस कसलाई फोन गराउछस भन्दै थुनामा राखेका छन् । यत्ति लामो समय सम्म हिरासतमा राख्ने अधिकार किन लिए डिस्पी सुब्बाले । किन धज्जि उठाउदैछन् मानबअधिकारको सम्मानमा डिस्पी सुब्बा ।vlcsnap-2019-08-11-12h53m15s588 यदि ठगीको केश हो भने अदालत किन लादैनन् डिस्पी सुब्बा । समान बुझेको कागाज खोज्ने निउँमा किन यातना दिन्छन् र सि टी स्कान राखिएको छ त्यो घरमा भन्दा समेत किन निहुँ खोजिरहन्छ डिस्पी सुब्बा ? १०÷१० बर्ष सम्म भाडा नतिरी कुन घरवालाले त्यो सिटी राख्न दिन्छ, के कोक्रो राखेको हो र ? किन डा. तिलकलाई प्रकाउ गर्देन डिस्पी सुब्बा ? यी प्रश्नहरु सरकार पक्ष अर्थाथ डिस्पी सुब्बासंग सुनिल देवको परिबारले प्रश्न सोधेको छ । हाम्रो टिम अस्पताल जांदा क्यामेरामा डा. तिलक आउन मानेन् र डाहिरीया लागेको भन्दै घर हिडे । हाम्रो स्टिम अपरेशनमा बल्ल बल्ल आएका डा. तिलक किन खिचेको भन्दै कडके र आफना सहयोगीलाई अराए क्यामेरा बन्द गर्न । पछि माथिल्लो तल्ला चढेका डा. तिलक तल झर्दै झरेनन् । यसै बिचमा डिस्पी सुब्बा संग उनको पटक पटक फोन भैरहेको थियो । स्थलगत रिर्पोटमा जे देखियो बिगत १० बर्ष अगाडि एक स्लाईस भएको सिटी स्कान त्यो पनि पुरानो दिल्लीबाट खरिद गरिएको रहेछ । सामानहरु बिस्तारै दमकमा आउन थाल्यो । डा. तिलक चन्द साहले आफनो अस्पताल नजिनै रहेको घरमा घरभाडा लिएर सामान राखेको देखिन्छ । यसै बिचमा नेपाल सरकारले एक स्लाईस मेसिन सिटी स्कान कुनै पनि अस्पतालले खरिद गर्न र प्रयोग गर्न पाईदैन भनेर स्वास्थ्य बिभागले परिपत्र गरेपछि डा. साह झस्किए । नयांको मुल्य २ करोड भन्दा बढी पर्ने सो मेसिन उनले ५० लाखमा डिल गरे । डिल गर्ने माध्यम बने रेडियो ग्राफर सुनिल देव । डा. तिलक चन्द साहले रेडियो ग्राफर सुनिल देव मार्फत पटक पटक गरी भारत निबासी तिवारीलाई ३२ लाख रुपैया दिल्ली पठाए । समान दमक आयो । इन्स्टल गर्न भनेर तिवारी पटक पटक दमक आए र बांकी १८ लाख मागे तर डा. साहले मानेन् । बरु अन्यत्र जनकपुर लैजाने त्यो मेसिन भन्ने कुरामा सहमत भयो तर किस्ताबन्दिमा पैसा दिने लिने भन्ने कुरामा सहमत भएन् । त्यो मेसिन हाल सम्म पनि डा. साहले भाडा तिरेर अस्पतालकै नजिक राखेका छन् । अस्पतालको कर्मचारीहरु पनि यो पुरानो सिटी बक्स हो तर इन्स्टल भएको छैन् भन्छन् । तर यही सिटी स्कानलाई आफनो ब्रोसरमा राखेर बिद्यार्थीहरुबाट करौडौ रकम असुली सकेको छ । सिटीभिटीबाट सम्बन्धन पाएको यो अस्पतालले एच.ए., स्टाफ नर्स पठाईरहेको देखिन्छ तर प्रयोगात्मक सामानहरु देखिदैन् । पुरानो सिटीको सवालमा अस्पताल संग कुनै लेना देना छैन यो नितान्त डा. तिलक संगको ब्यक्तिगत कुरा भएको लाईप लाईन अस्पतालका निर्देशक डा. मुक्तिनाथ भटटराई बताउछन् । २ सय बेड भएको यत्रो अस्पतालमा कुनै सिटी स्कान मेसिन छ्रैन न त एम आर आई नै छ ।vlcsnap-2019-08-11-12h50m05s131 अन्यत्र ठुला अस्पताले रिजेक्ट गरेका पुराना मेसिनबाट धेरै काम हुने गरेको तथ्य समेत फेला परेको छ । स्थानीय पहाडबाट आउने बिरामीहरु प्रति पटक पटक ल्याब लगायत अन्य सेवामा समेत ठगी हुने गुनासो भैरहदा नजिकै रहेको प्रहरी कार्यालय भने मौन छ । स्थानीय बासी भन्छन् नियमित पैसा आउने ठाउँ अस्पताल भएको हुनाले डिस्पीले केही नगरेको बताउछन् । १० बर्षे देखि सामान देखिन्छ तर किन प्रहरीले सामान बरामत गर्देन् पैंसा सुनिल देव मार्पmत गयो तर सयौ टन समान भएको त्यो मेनिस काहां बाट आयो कसले राख्यो घरवालालाई कसले भाडा तिरेको छ भनेर अहिले सम्म सोध्ने प्रहरीले आंट गरेको छैन् । जुनियर प्रहरीहरु भन्छन् यो कुनै ठुलो मुद्धद्धा नै नभएको हुनाले दुवै जनालाई ल्याएर सोधपुछ गर्दा थाहा भैहाल्ने कुरा हो तर हाकिम साबले किने चुके किन (नाम नखुलाउने सर्तमा ) न त सामान हेर्छन् न त सामानको कुरा नै गर्छन् । हामी त अराएको कुरा गर्र्ने हो सर भन्छन् । हाम्रो टीम समेत पुग्दा दिनमा सयौ पटक डा. तिलक र डिस्पी सुब्बाको फोन सम्र्पक हुन्छ । सञ्चारकर्मी अस्पताल परिसरमा जाने बित्तिकै खबर आदान प्रदान हुन्छ कुनै हालतमा पनि फोटो र भिडियो लिन पाईदन् भन्छन् अस्पताल परिसरमा खटिएका प्रहरी जवान । क्यामेरा देख्ने बित्तिकै भाग्छन् डा तिलक । यसबाट प्रष्ट हुन्छ की डिस्पी सुब्बाले केही न केही कुच काला है भन्ने कुरा छर्लगं देखिन्छ तसर्थ नांगो हस्तक्षेत्र गरेको देखिन्छ । अब रिटार्यर हुने बेलामा किन यो हर्कत देखाउछन् यदि पैसाको भरले गरेको हो भने आफुलाई कांहा पुराउने छ भन्ने हेक्का राखेका छैन्न डिस्पी सुब्बाले । पुलिसले त्यो समान काहाबाट आएको भन्सार पत्र समेत माग्ने आँट गरेको देखिन्न् । सामान नजिकै छ तर त्यो कसले राख्यो यो हाम्रो काम होइन भनेर पन्छिन्छ प्रहरी । भन्सारको मुल्यमा यत्रो ठगी गर्ने, भन्सार पत्र समेत नदेखिएको त्यो समान कसरी दमक आयो त्यो समेत नखोज्ने प्रहरी र अस्पताललाई ठगीको भाडो बनाउने डा. तिलकलाई संरक्षण दिएको देखिन्छ । स्थलगत रिर्पौटमा आधारीत डा.तिलकसंग गरिएको सारांश, डिस्पी सुब्बा संग गरिएको सम्बाद र सुनिल देवको कुरा समेत यस रिर्पोटमा समाबेश गरिएको छ । हाम्रो स्टिम अपरेशन अझै जारी नै हुनेछ अरु यसै संग जोडिएका प्रसगं लिएर आउने छौ । स्थलगत रिर्पोट टिम– अबिजाल बिष्ट बिराटनगर, क्यामेरामा चन्दनकुमार मेहता, झापाबाट सुरेन्द्र भण्डारी र उर्लाबारीका सुनिल तिम्लसेना ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला