Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महिला सशक्तिकरण, महिला विकास उद्देश्य-रोटरी क्लब अफ बिराटनगर डाउनटाउन

2019 Aug 12 4:27 PM 9

विज्ञापन

Biratkhavar
महिला सशक्तिकरण, महिला विकास उद्देश्य-रोटरी क्लब अफ बिराटनगर डाउनटाउन
ऋषिता देव, बिराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउन सामाजिक सेवामा संलग्न महिलाहरुको एक संस्था हो । बिराटनगरमा समाज सेवा गर्ने उद्देश्यले सञ्चालन भएको रोटरी क्लब अफ बिराटनगर डाउनटाउनको १५औँ अध्यक्षको पदमा नियुक्त भएकी छन् अर्चना तापडिया । विगत १३ वर्षदेखि रोटरी क्लब अफ बिराटनगर डाउनटाउनमा सक्रिय रहेकी तापडियाले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा र महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने योजना रहेको जानकारी दिनु भएको छ । 67679756_1352572844906507_651643390315724800_nपद तथा गोपनियताको सपथ लिएपछि अध्यक्ष तापडियाले आफ्नो कार्यकालमा गरेको पहिलो काम रोटरी आरोग्य मिशनको शुरुवात रहेको बताउनु भयो । रोटरी आरोग्य मिशन अन्तर्गत बुद्धनगरको धूनी गाउँमा महिनाको दुई पटक निः शुल्क बहिरंग सेवा सचालन भइरहेको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलसँगको सहकार्यमा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले यो शिविर आयोजना गरेको हो । साथै महिनाको एक पल्ट ठूलै शिविर गर्ने उद्देश्य बोकी गत शुक्रबार ४ जना डाक्टरहरु र एक जना रेडियोलोजिस्ट गरी ५ जना टिम नै लगेर क्याम्प सञ्चालन गरी ५०० जना बिरामीहरुको निः शुल्क जाँच गरेर औषधी बितरण पनि गरेको छ । महिला सशक्तिकरणको क्षेत्रमा हेर्नुपर्दा महिलालाई आत्मनिर्भर बनाउन तापडियाको अध्यक्षतामा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले एबिसि नेपालसँग सहकार्य गरेर एबिसि नेपालकै कार्यालयमा महिलाहरुका लागि आधारभूत सौन्दर्य तालिम सञ्चालन गरेको छ । सि.टि.ई.भि.टि बाट मान्यता प्राप्त प्रशिक्षकले २५–२५ जना महिलाहरुलाई दुई ब्याचमा आधारभूत सौन्दर्य तालिम प्रदान गरिरहेको छ । अध्यक्षतामा आएको एक हप्ता भित्रै उक्त तालिमको शुरुवात गरेको अध्यक्ष तापडियाले हाम्रा सञ्चारकर्मीलाई बताउनु भयो । ‘रोटरी ईन्टरनेशनल एक यस्तो पारदर्शी संगठन हो जसलाई समाजसेवाको एक असल र राम्रो माध्यमको रुपमा लिइन्छ,’ तापडियाले भन्नुभयो । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले हालै बिराटनगरमा रोटरी ट्रेड फेयर (तीज मेला) को आयोजना गरेको थियो ।67870683_517907929015378_2090380911043411968_n बिराटनगरका मेयरद्वारा उद्घाटन भएको मेलामा ३० वटा भन्दा बढी स्टलहरु राखिएको थियो । उक्त मेलालाई सफल पार्न अध्यक्ष तापडिया लगायतको टिम जोडतोडका साथ लागि परेको थियो । त्यसैगरी आदर्श माध्यमिक विद्यालय, बिराटनगरमा सेरेब्रल पालजी बेबी डे केयर सेन्टर सञ्चालन गरेको छ रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले । यस डे केयर सेन्टरमा मस्तिष्क पक्षघातबाट पिडित ६ देखि १४ वर्षसम्मका १५ बालबालिका छन् । ती बालबालिकाहरुको खानपान लगायतका सम्पूर्ण खर्च उठाएको छ रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले । मोरङका ३५ भन्दा बढी विद्यालयमा ई– लर्निङ प्रोजेक्ट पनि सञ्चालन गरिएको छ । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले समाज परिवर्तनमा एक मुख्य भूमिका निर्वाह गरिरहेको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु