Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महिला सशक्तिकरण, महिला विकास उद्देश्य-रोटरी क्लब अफ बिराटनगर डाउनटाउन

2019 Aug 12 4:27 PM 44

विज्ञापन

Birat Cancer Hospital
महिला सशक्तिकरण, महिला विकास उद्देश्य-रोटरी क्लब अफ बिराटनगर डाउनटाउन
ऋषिता देव, बिराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउन सामाजिक सेवामा संलग्न महिलाहरुको एक संस्था हो । बिराटनगरमा समाज सेवा गर्ने उद्देश्यले सञ्चालन भएको रोटरी क्लब अफ बिराटनगर डाउनटाउनको १५औँ अध्यक्षको पदमा नियुक्त भएकी छन् अर्चना तापडिया । विगत १३ वर्षदेखि रोटरी क्लब अफ बिराटनगर डाउनटाउनमा सक्रिय रहेकी तापडियाले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा र महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने योजना रहेको जानकारी दिनु भएको छ । 67679756_1352572844906507_651643390315724800_nपद तथा गोपनियताको सपथ लिएपछि अध्यक्ष तापडियाले आफ्नो कार्यकालमा गरेको पहिलो काम रोटरी आरोग्य मिशनको शुरुवात रहेको बताउनु भयो । रोटरी आरोग्य मिशन अन्तर्गत बुद्धनगरको धूनी गाउँमा महिनाको दुई पटक निः शुल्क बहिरंग सेवा सचालन भइरहेको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलसँगको सहकार्यमा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले यो शिविर आयोजना गरेको हो । साथै महिनाको एक पल्ट ठूलै शिविर गर्ने उद्देश्य बोकी गत शुक्रबार ४ जना डाक्टरहरु र एक जना रेडियोलोजिस्ट गरी ५ जना टिम नै लगेर क्याम्प सञ्चालन गरी ५०० जना बिरामीहरुको निः शुल्क जाँच गरेर औषधी बितरण पनि गरेको छ । महिला सशक्तिकरणको क्षेत्रमा हेर्नुपर्दा महिलालाई आत्मनिर्भर बनाउन तापडियाको अध्यक्षतामा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले एबिसि नेपालसँग सहकार्य गरेर एबिसि नेपालकै कार्यालयमा महिलाहरुका लागि आधारभूत सौन्दर्य तालिम सञ्चालन गरेको छ । सि.टि.ई.भि.टि बाट मान्यता प्राप्त प्रशिक्षकले २५–२५ जना महिलाहरुलाई दुई ब्याचमा आधारभूत सौन्दर्य तालिम प्रदान गरिरहेको छ । अध्यक्षतामा आएको एक हप्ता भित्रै उक्त तालिमको शुरुवात गरेको अध्यक्ष तापडियाले हाम्रा सञ्चारकर्मीलाई बताउनु भयो । ‘रोटरी ईन्टरनेशनल एक यस्तो पारदर्शी संगठन हो जसलाई समाजसेवाको एक असल र राम्रो माध्यमको रुपमा लिइन्छ,’ तापडियाले भन्नुभयो । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले हालै बिराटनगरमा रोटरी ट्रेड फेयर (तीज मेला) को आयोजना गरेको थियो ।67870683_517907929015378_2090380911043411968_n बिराटनगरका मेयरद्वारा उद्घाटन भएको मेलामा ३० वटा भन्दा बढी स्टलहरु राखिएको थियो । उक्त मेलालाई सफल पार्न अध्यक्ष तापडिया लगायतको टिम जोडतोडका साथ लागि परेको थियो । त्यसैगरी आदर्श माध्यमिक विद्यालय, बिराटनगरमा सेरेब्रल पालजी बेबी डे केयर सेन्टर सञ्चालन गरेको छ रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले । यस डे केयर सेन्टरमा मस्तिष्क पक्षघातबाट पिडित ६ देखि १४ वर्षसम्मका १५ बालबालिका छन् । ती बालबालिकाहरुको खानपान लगायतका सम्पूर्ण खर्च उठाएको छ रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले । मोरङका ३५ भन्दा बढी विद्यालयमा ई– लर्निङ प्रोजेक्ट पनि सञ्चालन गरिएको छ । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले समाज परिवर्तनमा एक मुख्य भूमिका निर्वाह गरिरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला