Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरमा यस बर्ष पनि राधाकृष्ण रथ यात्राको भव्य तयारी

2019 Aug 22 10:58 AM 23

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरमा यस बर्ष पनि राधाकृष्ण रथ यात्राको भव्य तयारी
बिराटनगर । यहि भदौ ७ गते हुन गइरहेको ऐतिहासिक राधाकृष्ण रथ यात्राको भव्य तयारी भईरहेको छ । यस ऐतिहासिक राधाकृष्ण रथ यात्रा महोत्सव–२०७६ लाई व्यवस्थित ढङमा मनाउन जिल्ला प्रशासन कार्यालय, बिराटनगर महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, प्रदेश नं. १ प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, उद्योग एवम् व्यापारिक प्रतिष्ठान लगायत विभिन्न धार्मिक संघ संस्थाहरुको प्रत्यक्ष सहयोग रहेको श्री राधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष बाबुराजा ओझाले बताउनु भयो । vlcsnap-2019-08-22-10h50m54s957बिराटनगर महानगरपालिकाको वडा नं. १,२ र ३ को संगम स्थल पानीटंकी पोखरियामा वि.सं. १९८८ मा धार्मिक व्यक्तित्व पंडित इन्द्रलाल भट्टद्वारा श्री राधाकृष्ण मन्दिरको स्थापना भएको थियो । यस मन्दिरको स्थापना कालदेखि नै दैनिक पूजा अर्चना हुनुका साथै हरेक वर्ष विभिन्न धार्मिक महोत्सव खास गरी जनैपूर्णिमा, झुलन पर्व, श्री कृष्ण जन्माष्टमी, ऐतिहासिक रथ यात्रा, चर्तुमास पुराण, राधा अष्टमी, वामन जयन्ती, महाशिवरात्री मनाइदै आएको छ । यीमध्ये ऐतिहासिक राधाकृष्ण रथ यात्रा यस मन्दिरको मात्र नभएर पूर्वाञ्चल बासी खासगरी बिराटनगर बासीको गौरवमय धार्मिक पहिचान र धरोहरको रुपमा स्थापित छ । मन्दिरको स्थापना सँगै प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं. २०२५ सालबाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव स१चाला हुँदै आएको यो ५२ औँ महात्सव हो । हरेक वर्ष जस्तै यस वर्ष पनि श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट अपरान्ह ३ः३० बजे यात्रा श्री राधाकृष्ण मन्दिरबाट प्रारम्भ भई बिराटनगरको मेनरोड भएर महेन्द्र चौक, धरान रोड, वरगाछी चौक हुँदै अन्त्यमा मन्दिर परिसरमा आइपुग्नेछ । उक्त यात्राको सफल सञ्चालनका लागि १ महिना अगावै वृहत धार्मिक सभाको आयोजना गरि रथयात्रा समारोह समिति गठन गरी सक्रिय रुपमा तयारी भई रहेको छ । रथ यात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाइएको छ । रथको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । यस वर्षको रथ यात्रा समारोहको मुख्य आकर्षणको रुपमा रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट फूलका गुच्छा बर्साइने तयारी भइरहेको छ । यस महोत्सवको शुभारम्भ प्रदेश नं. १ का प्रदेश प्रमुख, समान्य प्रशासन मन्त्री र प्रदेश नं. १ का मुख्य मन्त्रीबाट हुने कुरा श्री राधाकृष्ण रथयात्रा समारोह समितिले आज गरेको प्रेस सम्मेलनमा जानकारी गराएको छ । उक्त रथ यात्रा समारोहलाई व्यवस्थित रुपले सञ्चालन गर्न श्रावण ३ गतेका दिन प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा वृहत धार्मिक सभाबाट मन्दिर कार्य समितिका अध्यक्ष बाबुराजा ओझाको अध्यक्षतामा श्री राधाकृष्ण रथ यात्रा समारोह समिति २०७६ गठन गरि उक्त समिति मातहत निम्न १८ वटा उपसमितिहरु निर्माण गरी संयोजकहरुको चयन गरिएको थियो । यात्राको दिन बिराटनगरमा सार्वजनिक बिदा दिइने भएको छ । भदौ ७ गते रथ यात्राको अवसरमा बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् । बिराटनगरमा निस्कने यो रथ यात्रा एसिया महादेश कै दोस्रो ठूलो रथयात्राको रुपमा चिनिने गर्दछ जसमा नेपाल बाहेक भारत, बंगलादेश लगायतका देशबाट पनि भक्तजनहरु आउने गर्दछन् । वर्षेनी यस यात्रामा ४ लाख देखि ५ लाखसम्म भक्तनाहरुको सहभागिता हुने गर्दछ । क्यामेरामा चन्दन मेहताको साथमा ऋषिता देव बिराटनगरबाट

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?