Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरमा यस बर्षको राधाकृष्ण रथयात्रा आजः काठमाडौंबाट ड्रोन सहितको बिज्ञटोली आयो

2019 Aug 24 3:53 PM 24

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरमा यस बर्षको राधाकृष्ण रथयात्रा आजः काठमाडौंबाट ड्रोन सहितको बिज्ञटोली आयो
बिराटनगर । बिराटनगरमा आज निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको लागि मोरङ प्रहरीले सुरक्षालाई प्राथमिकतामा राखेर ड्रोनको माध्यमबाट विशेस निगरानीमा राखेको छ । यस ऐतिहासिक राधाकृष्ण रथ यात्रा महोत्सव–२०७६ मा विभिन्न जाती, भेष भूषाका मानिसहरुले आ–आफ्नो संस्कृति झल्काउन हर्ष उल्लासका साथ नाचगान गरिरहेको छ । विभिन्न संघ संस्था र व्यापारीहरुले भक्तजनहरुलाई गर्मीमा गाहृो नहोस भनेर ठाउँ–ठाउँमा फ्रि मा पानी र सर्बत बितरण गरिरहेका छन् । बिराटनगर महानगरपालिकाको वडा नं. १, २ र ३ को संगम स्थल पानीटंकी पोखरियामा रहेको राधाकृष्ण मन्दिरबाट हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राले नगर परिक्रमा गर्नेछ । हरेक वर्ष जस्तै यस वर्ष पनि यात्रा श्री राधाकृष्ण मन्दिरबाट प्रारम्भ भई बिराटनगरको मेनरोड भएर महेन्द्र चौक, धरान रोड, वरगाछी चौक हुँदै अन्त्यमा मन्दिर परिसरमा आइपुग्नेछ । मन्दिरमा विशेस पूजा गरेपछि रथयात्राको प्रारम्भ भएको छ । यात्रामा कुनै अप्रिय घटना हुन नदिनको लागि आजको दिन मोरङ प्रहरीले ड्रोन क्यामेराबाट बिराटनगर महानगरपालिकाको सुरक्षा निगरानीमा राख्ने भएको छ । लाखौं भक्तजनहरु रथयात्रामा सहभागी हुने भएकोले सुरक्षालाई विशेस प्रथमिकतामा राखेर प्रहरीले निगरानी गर्ने भएको छ । यसको लागि प्रधान कार्यालय काठमाडौंबाट क्यामेरा सहितको विज्ञ टोली बिराटनगर आएको छ । रथयात्रामा बिश्राम गर्ने प्रत्येक ठाउँमा प्रहरी टोली खटाइएको छ । २ सय जना सादा पोशाक र १३ सय जना पोशाकमा गरी प्रहरी परिचालन गरिएको छ । यस ऐतिहासिक राधाकृष्ण रथ यात्रा महोत्सव–२०७६ लाई व्यवस्थित ढङमा मनाउन जिल्ला प्रशासन कार्यालय, बिराटनगर महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, प्रदेश नं. १ प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, उद्योग एवम् व्यापारिक प्रतिष्ठान लगायत विभिन्न धार्मिक संघ संस्थाहरुको प्रत्यक्ष सहयोग रहेको छ । वि.सं. १९८८ मा धार्मिक व्यक्तित्व पंडित इन्द्रलाल भट्टद्वारा श्री राधाकृष्ण मन्दिरको स्थापना भएको थियो । यस मन्दिरको स्थापना कालदेखि नै दैनिक पूजा अर्चना हुनुका साथै हरेक वर्ष विभिन्न धार्मिक महोत्सव खास गरी जनैपूर्णिमा, झुलन पर्व, श्री कृष्ण जन्माष्टमी, ऐतिहासिक रथ यात्रा, चर्तुमास पुराण, राधा अष्टमी, वामन जयन्ती, महाशिवरात्री मनाइदै आएको छ । यीमध्ये ऐतिहासिक राधाकृष्ण रथ यात्रा यस मन्दिरको मात्र नभएर पूर्वाञ्चल बासी त्यसमा पनि खासगरी बिराटनगर बासीको गौरवमय धार्मिक पहिचान र धरोहरको रुपमा स्थापित छ । मन्दिरको स्थापना सँगै प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं. २०२५ सालबाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको यो ५२ औँ महात्सव हो । यस वर्षको रथ यात्रा समारोहको मुख्य आकर्षणको रुपमा रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट फूलका गुच्छा बर्साई रहेकोे छ । यस महोत्सवको शुभारम्भ प्रदेश नं. १ का प्रदेश प्रमुख, समान्य प्रशासन मन्त्री र प्रदेश नं. १ का मुख्य मन्त्रीबाट भएको हो । भक्तजनहरु आजको दिन करिब ८ किलोमिटरको इलाका पैदल हिंड्छन् । रथको डोरी तान्दा मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । क्यामेरामा चन्दन मेहताको साथमा ऋषिता देव

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?