Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुई हजार भन्दा बढीले अबलोकन गरेको प्रथम साईन्स स्याम्ड प्रदर्शनी सम्पन्न

2019 Nov 19 6:17 PM 9

विज्ञापन

Biratkhavar
दुई हजार भन्दा बढीले अबलोकन गरेको प्रथम साईन्स स्याम्ड प्रदर्शनी सम्पन्न
मंसिर ३, धरान, सुनसरी । शैनिक आबासिय महाबिद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड  कम जेनेरल प्रदर्शनी–२०७६ आफनै प्राङगनमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाटै सञ्चालन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुबाटै सबै स्टल, उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको यो कार्यक्रम भब्य र सब्य देखिएको अबिभावक अप्सरा कटुवालले बताउनु भयो ।s2 उक्त प्रदशनीमा बिज्ञान, कला संस्कृति, विभिन्न जनजातिका भेषभुषा , लोपोन्मुख विभिन्न बाजागाजा, महाविद्यालय , नेपाली सेना, राष्ट्रिय सेवा दल, नेपाली, अंग्रेजी, गणित, कम्प्युटर तथा सामाजिक सांस्कृतिक सम्बन्धि ३१ वटा स्टलहरू राखिएको थियो । महाबिद्यालयले गरेको कार्यक्रमलाइ अबलोकन गर्न आउने हुने सुनसरी जिल्लाका इटहरी, धरान लगायत बिभिन्न बिद्यालयका शिक्षकहरु प्रतिनिधीहरु, बिद्यार्थीहरु लगायत अभिभावकहरुलाई सागितिक कार्यक्रमले मनोरञ्जन समेत गराएको थियो । यो प्रथम प्रयासलाई अझ सार्थक बनाउन अगामी बर्षहरुमा झन परिस्कृत हुने महाबिद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले बताउनु भयो ।s4 यस कार्यक्रमलाई सफल बनाउन हामी सबै महाबिद्यालय परिबार, सैनिक तथा गैरसैनिक कर्मचारीहरु, शिक्षक तथा कर्मचारीको अहम भुमिका र अथक प्रयास रहेको प्रिन्सिपल श्रेष्ठले बताउनु भयो । बिद्यार्थीहरुले आगन्तुकहरूका निम्ति विभिन्न नृत्य, गायन, कराते, तेइक्वान्दो जस्ता बिभिन्न सास्कृतिक कार्यक्रम समेत विद्यार्थीहरूले प्रस्तुत गरेका थिए । महाविद्यालयका विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थीका साथै धरान इटहरीका विभिन्न विद्यालयका शिक्षक विद्यार्थी लगायत बिभिन्न महानुभावहरु गरी २ हजार भन्दा बढीले प्रदर्शनी अवलोकन गरेका थिए । महाबिद्यालय परिसरमा बिद्यार्थीहरुलाई शैक्षिक कार्यतालिका अनुसार नै शिक्षक सिकाई संगसगै प्रतिभावान बिद्यार्थीहरुलाई प्रतिभा प्रस्फुटन हुने गरी अतिरिक्त कृयाकलाप पनि महाबिद्यालयले जोड दिएको होस्टल सुपरिटेन्डेन्ट दयाराम दुवाडीले बताउनु भयो । प्रदर्शनी कार्यक्रममा पूर्वी पृतनाका चिफ अफ आर्मी स्टाफ सहायक रथी यम बहादुर अधिकारी, १ न बाहिनीका बाहिनीपति सहायक रथी याम प्रसाद ढकाल, कल्याणकारी योजना निर्देशनालयका शिक्षा शाखा प्रमुख सेनानी बसन्त गौतम तथा यस महाविद्यालयका पूर्व सम्पर्क अधिकृत प्रमुख सेनानी श्यामहरी खत्रीले समेत उक्त प्रदशनीको अवलोकन गर्नु भएको थियो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु