Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राष्टिय सभा सदस्यका लागी प्रदेश न. १ मा ९ जनाको उम्मेदवारी दर्ता

2020 Jan 6 11:28 AM 24

विज्ञापन

Birat Cancer Hospital
राष्टिय सभा सदस्यका लागी प्रदेश न. १ मा ९ जनाको उम्मेदवारी दर्ता
बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ का उम्मेदवारहरुले आइतबार नामावली दर्ता गराएका छन् । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । जस्मा नेकपाकाका तर्फबाट गोपी अछामी, देवेन्द्र दाहाल र इन्दु गौतमले उम्मेदवारी दर्ता गराएका छन् । दलित कोटाका उम्मेदवार अछामी पूर्व खेलकुद राज्यमन्त्री हुन् । सिन्धुली घर भएका उनीहाल पार्टीको मोरङ जिल्ला कमिटीका सह–इन्चार्ज छन् । महिलातर्फबाट उम्मेदवार बनेकी सुनसरी इटहरीकी गौतम प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा. राजन भट्टराईकी सासू हुनुहुन्छ । उहाँ अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पनि हुनुहुन्छ । त्यसैगरी अन्यतर्फबाट उम्मेदवार बन्नु भएका दाहाल तत्कालिन एमालेको झापा जिल्ला सचिव एवं हाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ प्रधानमन्त्री केपी शर्मा ओली निकटका मानिनुहुन्छ । नेपाली कांग्रेसका तर्फबाट निरबहादुर विश्वकर्मा, मीना पुलामी मगर र राजेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । पाँचथरका विश्वकर्मा दलित, कांग्रेस महासमिति सदस्य सुनसरी धरानकी मीना महिला र पूर्व महासमिति सदस्य झापाका घिमिरे अन्यबाट उम्मेदवार बनेका हुन् । मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने व्यवस्था आयोगले गरेको थियो । प्रदेश १ मा ९३ जना प्रदेश सांसद र १ सय ३७ स्थानीय तह रहेका छन् । यस प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखसहित २ सय ७४ सहित ३ सय ६७ मतदाता रहेका छन् । प्रदेश र स्थानीय गरेर कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?