Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

न्यू त्रियुगा स्पोर्टस क्लबको सार्वजनिक सुनुवाइ, ऐतिहासिक उपलब्धि भएको दाबी

2020 Mar 14 1:55 PM 32

विज्ञापन

Birat Cancer Hospital

वि.पी. कोइराला, सप्तरी, १ चैत्र सप्तरी स्थित सप्तकोशी नगरपालिकाको न्यू त्रियुगा स्पोर्टस क्लबले प्रथम अन्तर नगरपालिका वडा स्तरिय फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ। क्लबले सप्तकोशी नगरपालिकाबाट फुटबल प्रतियोगिताको लागि प्राप्त १ लाख ५० हजार र १ नं. वडा कार्यालयबाट ५० हजार गरि कुल २ लाख आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो। कार्यक्रममा बोल्दै त्रियुगा स्पोर्टस क्लबका अध्यक्ष अजय श्रेष्ठले पारदर्शीता र जवाफदेहिता अपनाएर मात्र दक्ष खेलाडी उत्पादन हुने बताउनुभयो। क्लबको इतिहासमा अहिले सम्मकै उपलब्धिपूर्ण कार्य भएको अध्यक्ष श्रेष्ठको दाबि थियो । स्थानिय तहबाट उत्पादन भएका खेलाडीहरु नै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीका रुपमा अगाडि आउने भएकाले स्थानिय तहको खेलकुदमा थप प्रभावकारी कार्यक्रम र बजेटको अपेक्षा रहेको श्रेष्ठले बताउनुभयो।

whatsapp-image-2020-03-14-at-11-38-12-am यस्तै कार्यक्रममा प्रमुख अतिथि तथा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतमले सार्वजनिक सुनुवाइ र यसको प्रभावकारीताले आफु प्रभावित भएको भन्दै चैत्र महिना भित्रै खेलकुद विकास समिति गठन गरि युवा केन्द्रित कार्यक्रमहरु, उपमेयर राष्ट्रपति कप, राष्ट्रपति रनिङ सिल्ड, मेयर कप जस्ता कार्यक्रमहरु गराएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। साथै उहाँले महिला खेलाडी उत्पादनमा केन्द्रित हुने दाबी गर्नुभयो।whatsapp-image-2020-03-14-at-11-40-43-am यस्तै सप्तकोशी नगरपालिकाका नेकपा नगर कमिटि अध्यक्ष पारस दाहालले समाजमा नकरात्मकताको वर्चस्व रहेको भन्दै हरेक दृष्टिकोणबाट सजग हँुदै क्लबले पारदर्शीता प्रदर्शन गरेको बताउनुभयो। यस्तै पत्रकार तथा खेलप्रेमी खगेन्द्र कार्कीले बिगतमा उचित नेतृत्वको अभावले नगरको खेल विकास हुन नसकेको भन्दै हालको नेतृत्वको प्रशंसा गर्नुभयो। क्लबका सल्लाहकार तथा राजनीतिज्ञ सन्तोष खतिवडाले लोकतन्त्रको आधारभूत शर्तलाई क्लबले अनुसरण गर्दै जवाफदेही रुपमा लोकतन्त्रको सुन्दर पक्षलाई प्रस्तुत गरेको बताउनुभयो। यस्तै क्लबका उपाध्यक्ष दिपक खड्काले क्लबको कार्यालय सञ्चालनमा सबैपक्षबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रमसँगै सप्तकोशी नगरपालिकाले कोरोना भाइरस बिरुद्धको चेतनामुलक कार्यक्रम राखेको थियो। कार्यक्रममा कोरोना भाइसरका लक्षण तथा यसबाट बच्ने उपायहरु उल्लेख गरिएको पर्चा बितरण गरिएको थियो भने जनचेतना मुलक पोष्टरको प्रदर्शन गरिएको थियो । कार्यक्रमका सहभागिहरुले कोरोना भाइरसबिरुद्ध वच्ने उपायहरुलाई प्रयोगात्मक रुपमा प्रस्तुत गर्न, लाउड स्पिकर तथा घरदैलो कार्यक्रम मार्फत जनचेतना फैलाउन सुझाव दिएका थिए।20200314_090456koronaswhatsapp-image-2020-03-14-at-12-03-20-pm

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न