Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

के हो सप्तरीको कोरोना सन्त्रास? चोर बाटो हुँदै आएका, लुकेका र १३ इण्डोनेशियाली नागरिकको नालिबेली...

2020 Apr 3 5:41 PM 23

विज्ञापन

Birat Cancer Hospital

विपी कोइराला, सप्तरी, २१ चैत्र। भारतको बिभिन्न स्थानमा भएको जमातबाट फर्किएकाहरु तथा १३ इण्डोनेशियाली नागरिक सप्तरी प्रवेशको खबर पछि सप्तरीमा त्रास बढेको छ।

दिल्लीको निजामुदिन कार्यक्रममा सहभागी ९ जना भारतीयको मृत्यु भईसकेको तथा धेरैमा कोरोना रोगको संक्रमण देखिएको भारत सरकारले पुष्टि गरेपछि त्यहाँ सहभागी भई फर्केका नेपालीहरुको खोजतलास तीब्र पारिएको छ। लुकिछिपी प्रवेश गरेका सप्तरीका ४ दर्जन बढीलाई बिहीबार सम्म नियन्त्रणमा लिई क्वारेन्टाईन पठाइएको छ । जमातमा सहभागी भई सीमाको चोर बाटो हुँदै सप्तरी आएका मध्ये बुधबार ४१ जना र बिहीबार १७ जना गरी ५८ जनालाई खोजतलासका क्रममा घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाईनमा पठाईएको थियो।muslim-mass नियन्त्रणमा लिइएकाहरुमा कंचनरुप नगरपालिकाका २३ तिलाठी कोइलाडी गा.पा.का १२ राजविराज नगरपालिकाका ९ हनुमाननगर कंकालिनी न.पा.का ४ डाक्नेश्वरी नगरपालिकाका ४ बोदेबर्साइन नगरपालिका ६ र विष्णुपुर गाउँपालिकाका २ जना छन् । उनीहरुलाई जिल्लास्थित विभिन्न क्वारेन्टाईनमा तथा केहिलाई होम क्वारेन्टाईनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवको भनाइ छ।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको इस्लामिक धार्मिक सभा इज्तिमा सकिए लगत्तै मुस्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन विभिन्न ठाउँका मस्जिद गएका थिए । भारतको दिल्ली नजामुद्दीन स्थित जमातमा सहभागीहरुमा कोरोना संक्रमण देखिएपछि भारतबाट फर्किएका सबैमाथि प्रहरीले निगरानी बढाएको छ। भारतका विभिन्न राज्यमा आयोजित जमातबाट फर्किएका समेत बुधबार ४५ जना थपिएपछि सप्तरीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दो क्रममा छ । नेपाल भारतको सीमानाका बन्द भएपनि मंगलबार मध्यराति भारतको फारबिसगञ्जबाट घर फर्किएका राजविराज नगरपालिका १ का एक जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना र वडा नम्बर ७ र ९ का एक÷एक जना गरी सात जनालाई क्वारेन्टाइनमा पठाइएको छ । स्वास्थ्य जाँच नगराई मध्यराती आइ पुगेका उनीहरु घरमै एकान्तवासमा बसेपनि सुरक्षाका लागि राजविराज ४ स्थित एक घरमा छुट्टै क्वारेन्टाइन बनाई राखिएको बताइएको छ। बुधबार घरमा लुकेर बसेको अवस्थामा राजबिराज ४ मिनिमार्केटका तिन जनालाई प्रहरीले फेला पारेको थियो। अन्य लुकेर बसेकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। सप्तकोशी नगरपालिकाबाट पनि केही व्यक्तिहरुको सहभागिता रहेको भनिए पनि पुष्टि भने भइसकेको छैन।

birat-1सप्तरीको बोदे बर्साइन ५ स्थित चन्द्र नमुना मावि, कञ्चनरुप नगरपालिका १ वैरवा स्थित लक्ष्मीनारायण मावि, हनुमाननगर नगरपालिका २ स्थित सकरदही मावि, रुपनी गाउँपालिका ५ बसपिट्टी स्थित जनता आधारभूत मावि, बलान बिहुल गाउँपालिका १ स्थित स्वास्थ्य चौकी मल्हनिया, राजगढ गाउँपालिका ३ स्थित जसमावि नर्घो, महादेवा गाउँपालिका ३ स्थित मावि बथनाहा, सुरुङ्गा नगरपालिका ५ स्थित मसिलाल मावि, तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित लबनमाविमा व्यवस्था गरिएको क्वारेन्टाइनमा जमातबाट फर्किएकाहरुलाई राखिने क्रम जारी छ। यस्तै दिल्लीको धार्मिक सभामा सहभागी भएको आशंकामा रौतहट प्रशासनले रौताहटका ११ जनालाई मस्जिदबाट नियन्त्रणमा लिएको छ। सप्तरीको १८ वटा स्थानीय तहमा रहेको २८ वटा क्वारेन्टाइनमा बुधबार ४५ पुरुष थपिएकोमा दुई महिला र २८ पुरुषलाई डिस्चार्ज गरिएको छ।

यस्तै सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिक काठमाडौंको कलंकी हुँदै ललितपुरको महालक्ष्मी र गोदावरी नगरपालिका पुगेपछि स्थानियले बिरोध गरि उनीहरुलाई फिर्ता पठाउन प्रशासनलाई बाध्य बनाएका छन। कोरोनाको जोखिम हटाउन महालक्ष्मी नगरपालिकाले बिहीबार दिउँसो ४ बजे उनीलाई मस्जिदबाट पठाएसँगै गोदावरी–३ टौखेलको गोदावरी भिलेज रिसोर्टमा प्रहरीले राखेको थियो। सो पश्चात राति साढे १० बजे त्यहाँबाट पनि महानगरिय प्रहरीले अन्यत्र पठाएको छ। birat-2 उनीहरु माघ ७ गते इण्डोनेशियाबाट तबलिकी जमात अर्थात् मुस्लिम धर्म प्रचार समूह मार्फत काठमाडौँको जामे मस्जिदमा आइ बसेका थिए। त्यसपछि फरवरी–१३ तारिखमा सप्तरीको रुपनी बजारमा तीन दिन इस्तिमा कार्यक्रम सहभागी भई गत चैत १८ गते सप्तरीको धार्मिक यात्राबाट फर्की चैत १९ गते काठमाडौँको बालाजु माछा पोखरी मस्जिद बस्न खोज्दा त्यहाँका स्थानीयवासीले विरोध गरेपछि स्थानीय प्रहरीले मस्जिदसँगको समन्वयमा इमाडोल पु¥याएको थियो। कोरोना त्रासका कारण इमाडोलवासीले पनि विरोध गरेपछि चैत २० गते दिउँसो रिसोर्टमा राखिएको थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?