Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो, डब्लुएचओप्रति आरोप माथी आरोप

2020 Apr 28 10:05 AM 41

विज्ञापन

Birat Cancer Hospital
कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो, डब्लुएचओप्रति आरोप माथी आरोप
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ । हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसैगरी करिब नौ लाख २० हजार मानिस उपचारपछि घर फर्किएका छन् । अमेरिकामा ५६ हजार ६४९ जनाको मृत्यु भएको छ । इटाली र स्पेनमा क्रमशः २६ हजार नौ सय ७७ र २३ हजार ५ सय २१ जनाको मृत्यु भइसकेको छ । फ्रान्स, जर्मनी, बेलायत र टर्कीमा एक लाख भन्दा बढी संक्रमित रहेको बताइएको छ । यता नेशनल एसोसिएसन फर बिजनेस इकोनोमिक्स (एनइबीई) द्वारा सार्वजनिक सर्वेक्षण अनुसार कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा वित्तीय संकट आउन सक्ने चेतावनी दिएको छ । यसैबीच कोराना भाइरस संक्रमणको रोकथाममा लापरवाही गरेको आरोप लागेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले संगठनको बचाउ गरेका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले गत जनवरीमा डब्लुएचओले घोषणा गरेको स्वास्थ्य संकटकालको घोषणा गर्दा विश्वले त्यसको बेवास्ता गरेको बताए । उनले त्यसबेला चीनबाहेक ८२ जना मात्र कोरोनाका संक्रमित फेला परेको बेला डब्लुएचओको सल्लाहमा अघि नबढ्दा परिणाम भयावह भएको प्रतिक्रिया दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले कोरोना संक्रमणको सूचना लुकाएर चरम लापरवाही गरेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पको आरोपसँगै अमेरिकाले डब्लुएचओले पाउने अमेरिकी आर्थिक सहायता पनि रोकेको छ । (एजेन्सी)

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला