Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बेहुला बनेर गए,लास बनेरआए; पश्चिम रुकुममा दलित युवकको हत्या घटना

2020 May 26 4:37 PM 6

विज्ञापन

Biratkhavar
बेहुला बनेर गए,लास बनेरआए; पश्चिम रुकुममा दलित युवकको हत्या घटना
  गत शनिवार साँझ प्रेमिका लाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका  नवराज बिकको त्यो सपना माया प्रेमका दुश्मनहरुले चकनाचुर पारिदिए । आज उनी  लास  बनेर अस्पतालको शवगृहमा छन् । उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आइतबार साँझ  भेरी नदीमै मृत फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४  रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की  १७ वर्षीया युवती सँग प्रेम सम्बन्ध थियो । उनकी प्रेमिकाले घरदेखि तल लिन आउनु भनेपछि नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आक्रमणबाट भागेर बाँच्न सफल महेश कार्कीले बताए  । अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, 'नवराज उमेरमा मेरो दाजु पर्छन् । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्बन्ध छ भन्ने कुरा मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनुप-यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौँ । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् ।  त्यसपछि अरु तीन जना थपिए पछि  १९ जना भएर गयौँ ।  सबैलाई दाई ( नवराज ) ले बेहुली लिन जानुप-यो  भन्दै हुनुहुन्थ्यो ।' केटीको घरमा नपुग्दै माथि घरबाट आफूहरुमाथि ढुंगामुढा भएको सुनाए । 'मैले ती युवतीको घर देखेको थिएन । उनलाई चिनेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथि घरबाट एक्कासी एउटी महिला चिच्याएको आवाज आयो । साला फेरि  आए डुमहरु...... तिमीहरुलाई आज मारेरै छाड्नुपर्छ भन्दै चिच्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,' उनले भने, 'उनीहरुले माथि घरबाट ढुंगा मुढा गर्न थालेपछि हामी भाग्यौँ । रात परिसकेको थियो । त्यसक्रममा  पछाडि फर्केर हेर्दा  गाउँ नै उर्लिएर आएको देख्यौँ । दायाँबायाँ लुक्ने भाग्ने ठाउँ थिएन । भेरी नदीतिर भाग्यौँ ।  १९ जना मध्ये भेरी नदीमा हाम्फाल्ने ११ जना थियौं । ५ जना नदी तर्न सफल भयौं । कार्कीका अनुसार नदीमा हाम फालेका ६ जना बेपत्तामध्ये दुई जनाको मृत्यु भइसकेको छ । केही साथीहरुलाई गाउँलेहरुले कुटेर प्रहरीमा बुझाए  । नदीमा हाम्फाल्दासम्म माथिबाट ढुंगा बर्साउँदै थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबुआमालाई नियन्त्रणमा  लिई बयान लिइरहेको उनले बताए  । उनीहरुबीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको बताए ।  उनका अनुसार यो समाचार तयार पार्ने बेलासम्म बेपत्ता अझै फेला परेका छैनन । यहाँबाटसुरुहुन्छयीजोडीकोप्रेमसम्बन्ध मृतक बिकका परिवारजनका अनुसार गत पुस महिनामा रुकुममा आयोजना गरिएको महोत्सवले जुराएको  थियो त्यो जोडीको पहिलो भेट । त्यस अघिसम्म  उनीहरुको सम्बन्ध के थियो भन्नेबारे परिवारजनलाई थाह छैन । भर्खर १६ पुगेर १७ मा लागेकी थिइ न् नवराजकी प्रेमिका   । यसैवर्ष एसईई दिने तयारीमा छिन् । नवराजले कक्षा १२ उत्तिर्ण गरेर प्रहरी सेवातर्फ प्रवेश गर्ने तयारी गर्दै थिए । नवराजकी दिदी सरिता बिकका अनुसार ति किशोरी परिवारलाई समेत आफुहरुको प्रेम सम्बन्धको बारेमा जानकारी दिने गरी त्यसै रुकुम महोत्सवमा आएको दिन नवराजको घरमा बस्न आएकी थिइन् । उनी त्यस बेला तीन दिन र  दोश्रो पटक पनि आएर चार दिन बसेर गएकी थिइन् । चैत्र महिनामा उनका भाइ पनि एक हप्ता बसेर गएका थिए । 'त्यतिबेला तिम्रो बाबुआमाले स्वीकार गर्न सक्दैनन् भनेर हामीले सम्झाएका हौं,'  दिदी सरिताले भनिन् ,' केही हुन्न हाम्रो बुवा पनि माओवादी हो  । जातपातको कुरा गर्नु हुन्न । अहिले भर्खरै हामीले विवाह गर्दैनौं, ८ वर्षपछि गर्ने हो भन्दै थिइन् ।' ति किशोरीका बाबुले पनि आफूले जातीय कारणबाट उनीहरुको सम्बन्ध टुटाउन नचाहेको बताए । उनले भने, 'त्यसो होइन छोरीको उमेर भर्खर अहिले १७ वर्षको भयो । यसपाली एसईई दिने तयारीमा छ । त्यसैले मैले अहिले विवाह नगर भनेको हुँ ।' 'केही दिन यतादेखि ती दुई बीचको सम्बन्ध टाढिएका थियो ।  उसको फोन ब्लक गरेर बसेकी थिइन् ।   उसले बोलाएर होइन, उनीहरु आफै आएका हुन् । गाउँलेहरुलाई मेरी श्रीमतीले नबोलाएको भए यत्तिका जन जुटेर आएकाहरुले हामीलाई नै मारेर फल्थे । त्यसैले गाउँले लखेट्ने क्रममा आफै भेरी नदीमा हामफालेको हुन्,' उनको यस्तो जिकिर थियो । उनले गत वैशाख १७ गते पनि नवराज र उनका केही साथीहरु छोरी बसेको कोठामा आएर ढुंगा फालेको थाह पाएपछि प्रहरी बोलाएर पठाएको बताए । ती किशोरीकी आमाले पनि आफुहरुलाई ती केटाहरूले मार्ने डरले गाउँले बोलाएको बताइन् । छोरी र  उनको सम्बन्ध पहिल्यै  छुटिसकेको उनको भनाइ थियो । ती किशोरीले पनि आफुले नबोलाएको दावी गरिन् । ‘मैले बोलाएकी होइन ऊ आफै आएको हो ।  मेरा  उससँग सम्बन्ध थियो ।  फागुन महिनामा म उसको घरमा बस्न गएकी पनि हुँ । म सरी भन्छु  । हो केहि समयसम्म म उसँग नजिक थिएँ तर पछि मन परेन र छाडेकी हुँ,' उनले भनिन् । पेटमाबच्चाभनेकोसमेतसुनिन्आमाले मृतक नवराज बिककी आमाले आफूले पनि ती किशोरीलाई घरमा आउँदा निकै सम्झाएको बताइन् । 'तिमीहरु ठकुरी ठूला जातका हामी दलितसँग विवाह गर्न राम्रो हुन्न भन्दा पनि दुबैले मानेनन् । म शनिवार घर भएको भए मैले जानै दिँदैन थिएँ । पहिला गयो र प्रहरीलाई बुझाए फेरि त्यस्तै गर्लान् भनेर मैले रोक्ने थिएँ । त्यो केटीले लिन बोलाएकी छ जाऊँ भनेछ र साथीहरु लगेर गएछ  । त्यो केटीको घर नपुग्दै मेरो छोरालाई गाउँलेहरुले घेर्दै कुट्दै गरेर भेरी नदीमा फाले छन्,' नवराजकी आमाले भनिन् । उनले केही दिनअघि मात्र घरमा  नवराज र ती किशोरी बीच फोनमा कुरा भएको सुनाइन् । 'मेरो बाबु आमाले अन्तै बिहे गराइदिन लागेका छन् । पेटमा छ भन्दै थिइन् । यताबाट छोराले मेरो बच्चा मलाई चाहिन्छ । अरु मलाई केही चाहिँदैन  भन्दै थियो,' उनले भनिन् । नवराजकी दिदी सरिताले पनि  भाइ नवराज र उनकी  प्रेमिकाले फोन र च्याट गरिरहने बताइन् । मृतकका बाबु मुनलाल बिकले  छोरालाई हत्या गरेरै भेरी नदीमा फालेको आरोप लगाए । 'एउटा मात्र छोरा थियो । प्रहरीमा भर्ती हुन थालेको थियो  । हामी गरिब दलित हौं । उनीहरु ठकुरी त्यो केटीसँग सम्बन्ध राख्न छाड भनेकै हौं । तर मानेर अहिले ज्यानै हाली दिए,' बाबु मुनलालले  भने । मृतकका फुपाजु भरत बिकले पनि नवराजलाई हत्या गरेरै भेरी नदीमा फालेका हुन सक्ने आशंका जताए । जाजरकोट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा दर्ता गराउने सहमति नभएसम्म आफूहरुले शव नबुझ्ने मृतककी दिदी सरिता बिक बताउँछिन् । राष्ट्रिय दलित साझा नेटवर्क नेपालको केन्द्रीय कार्यालयले घटना निन्दनीय भएको र  गम्भीर छानविन गरि दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु