Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रेडियो र टेलिभिजनबाटै सुरु भयो १० कक्षासम्मको पढाई, यस्तो छ समय तालिका

2020 Jun 19 11:36 AM 24

विज्ञापन

Birat Cancer Hospital
रेडियो र टेलिभिजनबाटै सुरु भयो १० कक्षासम्मको पढाई, यस्तो छ समय तालिका

काठमाडौं । सरकारले अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई लक्षित गर्दै आजबाट रेडियो र टेलिभिजनबाट समेत पढाउन सुरु गरेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि प्रभावित अध्ययन अध्यापनलाई सुचारु गराउन सरकारले वैकल्पिक विधि अपनाएको हो ।

लकडाउन सुरु भएयता विद्यालयहरु सञ्चालनमा आउन सकेको छैनन् । जसले गर्दा विद्यार्थीको अध्ययनमा ठूलो असर परिरहेको छ। त्यसैलाई मध्यनजर गर्दै सरकारले आजदेखि सबै विद्यार्थीलाई समेट्ने गरी रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको हो ।1_5ykd6fait6

शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले १ देखि कक्षा आठसम्मको पढाइ सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ

विकास केन्द्रका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट पढाइने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुने उल्लेख छ ।

कक्षा ९ र १० का विद्यार्थीहरुले आवश्यक अध्ययन सामग्री केन्द्रकाे युट्युव च्यानल मार्फत अनुकूलता अनुसार हेर्न समेत सक्नेछन् ।

जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४.६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विभिन्न विषयको कक्षा सञ्चालन भइरहेको छ ।2_knpmvjizqm

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सँगको सहकार्यमा जनता टेलिभिजन, योहो टेलिभिजन, टीभी टुडे लगायतका टेलिभिजनबाट समेत नियमित कक्षाहरु सञ्चालन भइरहेका छन् ।

अनलाइनमा पहुँच हुने विद्यार्थीहरुले शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनलाइन सामग्रीको आधारमा आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन् ।radio_bgry7ypgid

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?