Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तकोशीको दारी ग्याङ प्रेरणा बन्दै, अर्गानिक तरकारी उत्पादनमा जुटे युवा

2020 Aug 25 4:14 PM 25

विज्ञापन

Birat Cancer Hospital
सप्तकोशीको दारी ग्याङ प्रेरणा बन्दै, अर्गानिक तरकारी उत्पादनमा जुटे युवा
सप्तरी, भाद्र ९। विपी कोइराला। सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरमा स्थानिय युवाहरु जुटेर अर्गानिक तरकारी खेती शुरु गरेका छन्। एकातिर कोभिड १९ को संक्रमण अर्कातिर लकडाउनको पिडा, यस्तोमा समस्यालाई पाखा लगाउँदै युवाहरु कम्मर कसेर तरकारी खेतीमा लागेका हुन। गत श्रावण २० गते १ नं वडा स्थित खोरियाटोलमा ५ जना युवाहरुले डेढ कठ्ठा जमिनबाट तरकारी खेती शुरु गरेका हुन। युवाहरुको समूहमा स्थानीय विश्वास पोखरेल, आशिष लामिछाने, शैलेश विष्ट, नविन गजमेर र अरुण कट्वाल रहेका छन्। यस कृषि अभियानका अगुवा अरुण कट्वाल भन्छन, “हामी पहिलो सिँढी चढेका हौँ। अब गन्तब्य तिर हिँडेपछि एकदिन अवश्य पुग्छौँ।कम्तिमा १० हजारको लगानीबाट एक बर्षभित्र १ लाख बनाउने योजना छ। थप १÷२ बिघा उपयुक्त जमिनको खोजीमा छौँ। अझ कृषिका अनुभवी साथीहरु चाँडै जोडिनुहुन्छ। हामी लकडाउन पश्चात चाडै कृषि फर्म दर्ता गराएर अघि बढ्ने छौँ।” युवाहरुले हाल तरकारी खेतीमा मसला जन्य, बेमौसमी तथा मौसमी तरकारीहरु लगाइसकेका छन्। मेथी, धनिया, खुर्शानी, टमार, बिभिन्न प्रकारका साग, बोडी आदि तरकारी हाल लगाइएको छ। अर्गानिक तरकारी उत्पादनमा जुट्ने सबै युवाहरु “दारी ग्याङ” नामक सामाजिक संस्थाका सक्रिय सदस्यहरु रहेका छन्। नेपालको “दारी ग्याङ” नामक फेसबुक ग्रपमा करिब १ लाख १० हजार नेपाली युवाहरु जोडिएका छन्।dari-2 उनीहरुले “दारी ग्याङ” का ५ हजार सदस्यहरुबाट ५ हजार रुपैयाका दरले सेयरका रुपमा उठाएर कम्तिमा ५० जनालाई स्वरोजगार बनाउने योजनामा छलफल भइरहेको बताइएको छ। दारी ग्याङका सदस्य विश्वास पोखरेल भन्छन्, “पाखुरी बल लगाएर पसिना चुहाउने हो भने सुन फलाउन सकिन्छ। हामीले तरकारी खेती सुरु गरेपछि अन्य युवाहरु पनि आकर्षित हुनु भएको छ। हामी एकदमै उत्साहित छौ। हामी बोलेर भन्दा गरेर अरुको लागि प्रेरणाको स्रोत बन्न चाहन्छौ।” तरकारीको उत्पादन शुरु भएसँगै हाल स्थानिय बजारमा विक्रिवितरण गरिने र निकट भविष्यमा जमिन विस्तार गरेर नेपालका विभिन्न स्थानका दारी ग्याङका साथीहरुसँग समन्वय गरेर देशका विभिन्न स्थानमा पुु¥याइने अभियानका सदस्य आशिष लामिछानेले बताए। 118361361_3187109891407908_1404647796500006175_oस्थानीय गाइ भैसीको गोबर र गौमुत्र मलको रुपमा प्रयोग गरिने तथा रसायनिक विषादीको वहिष्कार गरिने बताइएको छ। कृषकबाट सिधै उपभोक्तामा जाने बिचबाट दलाल हटाइने एक सदस्य शैलेश विष्टको भनाइ छ। यस्तै अर्का सदस्य नवीन गजमेरले बर्तमान समयमा रोजगारीको उपयुक्त विकल्प कृषि नै रहेको भन्दै सबै युवाहरुलाई कृषिमा लाग्न अनुरोध गरेका छन्। सप्तकोशी नगरपालिकामा रहेको दारी ग्याङले रक्तदान, ट्राफिकसँगको समन्वयमा जेब्रा क्रसिङ निर्माण, वृक्षारोपण, चन्द्रनहर तथा बजार सरसफाई, सामुदायिक विद्यालमा रंगरोगन, आर्थिक सहयोग संकलन जस्ता अनेकौ सामाजिक कार्यहरुमा संलग्न रहँदै आएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?