Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोबास कलेजले ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा

2020 Sep 28 6:47 PM 24

विज्ञापन

Birat Cancer Hospital
कोबास कलेजले ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा
डम्बर कुमार न्यौपाने विराटनगर, १२ असोज । विराटनगरको कोबास कलेजले ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताएको छ । जसमध्ये १ सय जना विद्यार्थीलाई निशुल्क पढाउने घोषण समेत गरेको छ ।  कलेजले आज पत्रकार सम्मेलन गरेर कक्षा ११ मा भर्ना हुने एक सय विद्यार्थीलाई निस्शुल्क अध्यापन बताएको हो । कलेजले छात्रवृत्ति बापत विद्यार्थीलाई दुइ करोड १३ लाख १५ हजार उपलब्ध गराउने प्रिन्सिपल सुनिल कुमार श्रेष्ठले बताउनुभयो । कोरोना महामारीका कारण अभिभावकलाई पर्न गएको आर्थिक भारलाई मध्यनजर गर्दै विज्ञान विषयमा ५० र व्यवस्थापन विषयमा ५० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा निशुल्क पढाउने कलेजले जनाएको छ । यो अवसर ३.९० र यो भन्दा बढि जिपिए प्राप्त गरेका १ सय विद्यार्थीले पाउने छन् । कलेजले एसईईमा ३.८५ जीपीए ल्याउने ५० जनालाई ९० प्रतिशत, ३.८० जीपीए ल्याउनेलाई ८० प्रतिशत, ३.७५ जीपीए ल्याउने ५० जनालाई ६०, ३.७० ल्याउने ५० जनालाई ५५ प्रतिशत छात्रवृत्ति दिने भएको छ । त्यस्तै ३.६५ ल्याउने ५० जनालाई ५० प्रतिशत र ३.६० जिपिए ल्याउनेलाई ४५ प्रतिशत छुट दिने प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?