Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोरोना संक्रमित ४ हजार भन्दा बढीको निःशुल्क परामर्स, सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा. रजनिस झा(एम.डि.मेडिसिन)

2020 Nov 5 5:09 PM 16

विज्ञापन

Birat Cancer Hospital
कोरोना संक्रमित ४ हजार भन्दा बढीको निःशुल्क परामर्स, सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा. रजनिस झा(एम.डि.मेडिसिन)

पबित्र भुमि जनकपुर धाममा जन्मेर नेपाल सरकारको छात्रबृत्तिमा अध्ययन गरी सधै शिक्षामा अब्बल रहेका एम.डि.मेडिसिन (बोर्डफष्ट टप्पर)संगको कोराना अन्र्तसंबादको केही अंश प्रस्तुत गरिएको छ । बिराट नर्सिगं होममा कार्यरत बरिष्ट फिजिसियन तथा बिराट मेडिकल कलेजका एसोसियट प्रोफेसर डा रजनिश झाले महामारी कोरोना बिरामीहरुलाई निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी बिमल शाहले तयार पारेको यो अन्तरसंवाद ।

Q 1. कोरोना कोबिड–१९ महामारी भैइरहेको अहिलेको परिवेशमा स्वास्थ्य क्षेत्रमा के कस्तो चूनौती रहेको छ, देखिरहनु भएको छ ? अहिलेको परिवेशको कुरो गर्ने हो भने कोरोनाको प्रकोपको कारणले गर्दा स्वास्थ्य क्षेत्रमा दिन दिनै चुनौेति थपिदै गईरहेको छ । कोरोना भनेको एउटा भाइरस हो कुनै भाइरसको समान्य लक्षण कमन देखिन्छ । रुँगा खोखि लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने, जस्ता समस्याहरु यस रोगको आधारभुत लक्षण हुन । यसले गर्दा मान्छेको जीवन धरासायी बनाएको छ । कसैलाई कोरोना लागेपनि आत्ति हाल्नु पर्दैन् । लगभग ८५ देखि ९० प्रतिशत मान्छे निको भईरहेको छ । ५ प्रतिशत मान्छेमा जटिलता देखिएको छ भने ५ प्रतिशत सिरीयस हुने गर्दछ । यसमा त्रास पैदा नगर्नू यो एउटा ठुलो चूनौति रहेको छ । हाम्रा आदणीय अग्रज डा. ज्ञानेन्द्रमान सिंह कार्कीज्युको सुझाव र निर्देशनमा हामीले बिराट नर्सिगं होमलाई कोबिड आईसोलेसन बनाउदै सरकारका नियमहरुलाई पालन गरी मैले डा. कार्कीकै सुधmाबमा निःशुल्क परामर्स पनि थालेको र्हु । एउटा वेभपेज बनाएर सम्बन्धित बिरामीहरुलाई म्यासेज समेत गरी अनलाईन सेवा शुरु गरेका हौ । यसले थप सहयोग पुगेको मैले मससुस गरेको छु । Q2. धेरै चिकित्सकहरु आफनो पढाइमा लागेको लगानी असुल उपर गर्न जे पनि गर्न तयार हुन्छन् अलिकति पनि सामाजिक दायित्व के हो भन्ने बिर्सन खोजेको जस्तो महसुस समाजले गर्न थालेको छ, यसो किन भएको हो ? हेर्नूस यो अवधारणा मलाई अलिकती सहि पनि लाग्दैन । हरेक क्षेत्रमा रामा्रे नरामो्र व्यक्ति हुन्छन् । यसलाई मात्र मेडिकल क्षेत्र संग जोडेर हेर्न मिल्दैन तर अहिले चाहि के छ भने ओभर इन्भेष्टिगेशन भईरहेको छ । छिटो कमाउ र छिटो सुबिधा लिने खोज्ने समाजको परिपाटी देखा सिखीले पनि यस्तो भएको होला तर त्यो तिर ध्यान दिनु भन्दा रोगको निधान तर्फ तिर लाग्नु एउटा असल चिक्तिसकको गुण हो । Q3. एउटा समान्य गरीब जनतालाई रुँगा खोकि लागे पनि बिभिन्न टेस्ट गराउँछन् र बिपन्न बिरामीहरुको आय सो्रतले धान्न नसकने गरी बिभिन्न ल्याब टेष्ट खर्च गराउँछन् यस्ता समस्या तर्फ तपाई के भन्नुहुन्छ ? ह्ेर्नूस उपचारको दूईवटा माध्यम हुन्छन् । एउटा रोग पत्ता लगाउने र अर्को औषधि दिने रोग पत्ता लगाउन गारो भएको हुँदा त्यस्मा टेस्ट गर्नु जायज पनि हो । तर हामीले ध्यान दिनु पर्ने कुरो के रहेको छ भने बिरामीको जीवनस्तर, उसको आयसो्रत यस्ता कुराहरुमा बिशेष ध्यान दिनु पर्ने जरुरी छ । बिपन्न बर्गहरुलाई बाँच्नका लागि आबश्यक टेष्ट गर्न पनि सकिन्छ तर दुई खालका बिरामीहरु देखा पर्न थालेका छन् एकखालका बिरामीहरुले धेरै टेष्ट गरेन पनि उपचार नै राम्रो गरेन भन्ने पनि छन् भने अर्को चेकजांच गरेर औषधी मात्र डाक्टर दिओस भन्ने पनि छन् तर हामीले उसको स्वास्थ्य र जीवन प्रति ध्यान दिन जरुरी छ । Q4. तपाईले हालसम्म गरेका स्वास्थ्य क्षेत्रको अनुभवका बारेमा बताई दिनुहोस् ? बाँचिए छ भने संसार देख्न पाईन्छ भन्ने हाम्रा बाउबाजेहरुको भनाई अहिले हाम्रो पिँडिले देख्न र अनुभव गर्न पाईएको छ । हैजा, टाईफाईड लगायत धेरै महामारी बिगतमा पनि भएको थिए हामीले सुनेका पनि हौ तर यस पटक आएको कोरोना भाईरस फरक र ध्यान दिनु पर्नै नै खालको छ । अति संबेधनशिल हुनु जरुरी छ । मेरो अनुभवमा कोरोनालाई हलुका रुपमा पनि लिनु भएन र त्रासको रुपमा पनि लिनु हुदैन । अब कोरोना संग हामीले बाँच्न सिक्नुपर्छ कोरोना ज्यानमारा रोग पनि होईन । तर यसबाट बच्न हामी आँफै सर्तकर्ता अपनाउनु पर्छ । मैले हाल बिराटनगर क्षेत्र लगायत प्रदेश १ र प्रदेश २ बाट आउनु हुने र सम्र्पकमा आउनु हुने बिरामीहरुलाई निःशुल्क परामर्स दिईरहेको छु । जति बेला कोरोना देखि डर र सुन्ने बित्तिकै समाजले समेत घृणा गरेको अबस्था थियो त्यो बेला देखि नै म अग्रपंक्तिमा गएर सेवा गरेको छु । लगभग होला ४ हजार भन्दा बढी कोरोना संक्रमित वा आईसोलेशनमा बसेका कोराना बिरामीहरुलाई मैले प्रत्यक्ष र फोनबाट सेवा दिएको छु । Q5. हाल देखिएको सरकारी र निजी अस्पतालमा किन यति धेरै भिन्नता देखिन्छ ? उपचारै नभएर गरिबको मृत्य हाम्रो सामु देखा पर्न थालेको छ नि ? निजी अस्पताल भन्दा सरकारी अस्पतालमा कामको लोड बढी हुनु, जनशक्तिको आभाव हुनु जस्ता समस्याका कारणले गर्दा सरकारी क्षेत्रका चिकित्सकहरु अलि सेवा प्रवाहमा कमी आएको बताउछन । तर जिम्मेबारीबाट पन्छिन त काँहा हुन्छ र ? सरकारी नामै काफि छ । राज्यले चिक्तिसकलाई हेर्ने दृष्टिकोण पनि फरक छ,। मपदण्ड बनायो तर पालन छैन् यस तर्फ स्वयम् चिक्तिसकले ध्यान दिनु पनि पर्छ । निजी क्षेत्रमा आफनो काम र बिरामीलाई गर्ने सेवाले नै एउटा डाक्टर ब्यस्त हुन्छ फेरी सामाजिक दायित्व पनि छ तसर्थ गरिब र बिपन्न बिरामीहरुलाई मैले सेवा निःशुल्क पनि दिएको छु सकुन्जेल उनीहरुको माया र सदभावले नै हामीलाई समाजमा स्थापित गर्छ नि । कोरानाबाट सरकार पनि पन्छिनु हुदैन हामी त बिरामीहरुको सेवा नै गर्न भनेर सोही बिषय लिएर पढेको हौ तसर्थ बिरामीहरुको ज्यान जोगाउन तर्फ हाम्रो ध्यान जान्छनै । Q6. कोरोनाको माहामारीमा तपाईको भुमिका कस्तो रहेको छ ? अहिले त सबै चिकित्सकहरु चहे जूनसुकै बिषयको होस मेडिकल, सर्जरी उँहाहरुको अहिले प्रमुख भुमिका के रहेको छ भने प्रोपर काउन सेलिङ हुनु एकदम जरुरी छ । बिरामीहरुलाई सकारात्मक कुरा भन्ने, नडराउने यस रोगबाट छिटो उपचार हुन्छ भन्ने कुरो बताउने यसबाट बिरामीमा डर त्रास मेटाएर जान्छ । स्वासप्रश्वास, मुटुको समस्या लगायत केही पुरानो रोगलाई कन्ट्र्रोल गर्दै कोराना भाईरसलाई पराष्त पार्न सकिन्छ । अत्तिनु हुदैन् । नियमित ब्यायाम नै गर्नु पर्छ । हाम्रो निःशुल्क सल्लाह सुझाब दिईनै रहेका छौ । Q7. अन्त्यमा तपाई के भन्नुहुन्छ ? अन्त्यमा भन्नुपर्दा कोरोनाको त्रासबाट नियन्त्रण संगसंगै अर्थतन्त्रलाई पनि गति दिनु एकदम जरुरी छ र यसमा सरकार मात्र नभई हामी सबैले यस कुरामा ध्यान दिनु पर्ने देखिन्छ । यसमा सबैले आफनो सामाजिक दायित्व के हो भन्ने कुरो थाहा हुनु पर्छ । समाजिक दुरी कायम गरौ लगायत स्वास्थ्य मन्त्रालायले गरेको मापदण्ड साथै आफु सुरुक्षित रहौ अरुलाई पनि बचाऔ भन्ने सोच हुनु पर्छ । नभए अबस्था गम्भिर मोडमा रहेको छ । end

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो