Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बर्दिबासमा प्रदर्शनकारीको मृत्यु , कोरानो बिचमै बन्द, कफयू जारी

2020 Nov 25 12:39 PM 26

विज्ञापन

Birat Cancer Hospital
बर्दिबासमा प्रदर्शनकारीको मृत्यु , कोरानो बिचमै बन्द, कफयू जारी
  बिराटनगर । स्थानीय प्रशासनले महोत्तरीको बर्दिबासमा प्रदर्शनकारीको मृत्यु भएपछि निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ। तर सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ।  प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका हुन्। राजमार्गमा सवारी साधन चलेका छैनन्।  आज बिहानदेखि बिहीबार बिहानसम्मको लागि बर्दिबासमा निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । निषेधाज्ञा जारि गरिएको चारकिल्ला अनुसार बर्दिबासको पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पाटोचोसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । एक प्रदर्शनकारीको मृत्यु भएकाले सम्भावित घटनालाई रोक्न निषेधाज्ञा लगाइएको उनले बताए । आइतबार बेलुका हराएकी बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम बस्तीकी ६ वर्षीय बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि आक्रोशित स्थानीयले मंगलबार प्रदर्शन गरेका थिए । बालिकाको शवलाई मुख्य सडकमै राखेर प्रदर्शन गर्दा प्रहरीले चलाएको गोली लागि तीनजना गम्भीर घाइते भएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?