Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अल्टिमेट हिमालयन मोटरल्यान्डको साधारण सभा सम्पन

2020 Nov 27 5:08 PM 16

विज्ञापन

Birat Cancer Hospital
अल्टिमेट हिमालयन मोटरल्यान्डको साधारण सभा सम्पन
काठमाडौं – धुलिखेलमा अवस्थित नेपालको एक मात्र रेसिङ सर्किट ‘अल्टिमेट हिमालयन मोटरल्यान्ड’ को साधारण सभा सम्पन्न भएको छ । उक्त मोटरल्यान्ड सञ्चालनका लागि अनिलकुमार बराल अध्यक्ष, दिप्रश शाक्य प्रबन्ध निर्देशक तथा सुशील तण्डुकार टेक्निकल निर्देशक रहने गरी ९ सदस्यीय संचालक समिति गठन भएको छ । बिसौँ बर्ष अटोमोबाइल क्षेत्रमा क्रियाशील अध्यक्ष बराल एउटा स्थापित उद्योगपति हुनुका साथै रेसिङ क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पकट सहभागी भएका ब्यक्तित्व पनि हुन् । त्यसै गरि सफल उद्योग व्यवसायी घरानाका दिप्रश मोटर स्पोट्र्सप्रेमी तथा यस विषयमा जानकार ब्यक्तित्व हुन । अटोमोबाइलमा एक दशक अनुभव बटुलेका सुशील सफल इन्जिनियर मात्र नभई मोटर स्पोट्र्सलाई नेपालमा स्थापित गर्न सुरुदेखि लाग्ने एक अनुभवी पात्र पनि हुन । नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा राख्न यस प्रकारका साहसिक खेलको ठुलो योगदान रहनेमा विश्वस्त छन, संचालक समितिका अर्का सदस्य तथा नासा नेपालका सचिव निरज खड्का । आशिस लामिछाने प्रमख सल्लाहकार रहेको यो टोलीलाई नासा नेपालका अध्यक्ष दशरथ रिसालले खादा ओढाई बधाई तथा सफल कार्यक्रमको शुभकामना दिएका थिए । विश्वमा साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोट्र्स नेपालमा अहिले युवाहरुबीच लोकप्रिय हुदै गइरहेको छ । मोटरसाइकल अनि मोटरकारको छुट्टाछुट्टै प्रकृतिमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौ देखि अग्रसर भएको बताएको छ । हातमा गन्न सकिने केहि खेलाडीहरुले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन । यस कार्यलाई अझ ससक्त गरि तालिम, प्रतियोगिता लगायत रेफ्री, मार्सल, खेलाडी नै तयार गर्ने विभिन्न योजनाका साथ रेसिङ सर्किट धुलिखेलमा निर्माण गरिएको छ, जुन संसारका रेसिङ सर्किटहरु मध्ये विश्वकै अग्लो स्थानमा अवस्थित पनि रहेको छ । बालबालिका, युवा समेतलाई नियमित खेल अनि तालिम दिन कार्ट, चालक तालिमका लागि सिमुलेटर सहित करिव ३५ रोपनीमा तयार गरिएको सो रेस ट्रयाक अन्तर्राष्ट्रिय नियमाक संस्था एफआईए तथा एफआईएमबाट अनुवन्धित संस्था नासा नेपालबाट स्वीकृत प्राप्त नेपालको लागि एक मात्र रेसिङ सर्किट हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो