Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ

2020 Dec 22 2:48 PM 33

विज्ञापन

Birat Cancer Hospital
लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ
बिराटनगर । उदयपुर र मोरङका बिभिन्न स्थानबाट सोमवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९,६२० सहित पक्राउ गरेको थियो । निजलाई पक्राउ गरेसंगै सोधपुछ गर्ने क्रममा त्रियुगा नगरपालिका–१४ साउने घर भई त्रियुगा नगरपालिका–१२ बस्ने २५ बर्षीया पार्वती मगरको समेत संग्लग्नता रहेको खुल्न आएसंगै तत्काल मगरको कोठामा पुगेको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो । मगर पक्राउ परेसंगै निजको कोठा खानतलासी गर्दा २०.३४ ग्राम ब्राउनसुगर, नगद ५७,८००, ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चुरोट र केही सिक्का पैसा समेत बरामद भएको थियो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–१३ बरुवा खोला किनाराबाट त्रियुगा–११ का ३२ बर्षीय नसिव राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा सोमवार राती साँढे ९ बजे खटिएको प्रहरी टोलीले राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद ११,२०० सहित पक्राउ गरेको हो । यसरी लागुऔषध ब्राउनसुगर र नगद सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ भौसावारीबाट सोमवार राती पौने ७ बजे लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । उक्त स्थानमा लागुऔषध ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–५ का १९ बर्षीय मुस्कान धिमाल, १९ बर्षीय बिक्रम मगर, २२ बर्षीय पंचन साह, कानेपोखरी–२ का २४ बर्षीय राजेश धिमाल र लेटाङ–३ का २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् । यस्तै मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया बस्तिबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धनकुटा घर भई पथरीशनिश्चरे नगरपालिका–९ बस्ने २५ बर्षीय धन बहादुर रानालाई लागुऔषध नाईट्राभेट ३०० ट्याब्लेट सहित सोमवार साँझ सवा ६ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न