Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत

2021 Jan 3 11:12 AM 22

विज्ञापन

Birat Cancer Hospital
साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत
विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि धीरज राई, दीपा दाहाल र विनय सरगम प्रस्तुत भएका हुन् । उनीहरुले ५–५ वटा कविता प्रस्तुत गरे । धीरजले ‘प्रेममा परेपछि’, काठमाडौं चित्र’, ‘आमाको बारेमा’, ‘राष्ट्रवादलाई संकट’ र ‘कसम’ कविता वाचन गर्दा दर्शक–स्रोताको राम्रै ताली पाए । त्यस्तै ‘ओरालोमा खोज्दै जीवन’, ‘कोठा चाहिएको सूचना’, ‘आदिवासी सत्य’, ‘आयुको सीमारेखाबाट एउटा प्रश्न’, ‘रुमाल’ दीपाले वाचन गर्दा विनयले ‘काँडा’, ‘पर्खाइ’ र ‘तिम्रो तस्बिर’ लगायतका कविता प्रस्तुत गरे । दीपा र विनयका कविताले पनि आरोहणको नाटक हलमा खचाखच दर्शक–स्रोताको मन जित्न सफल भयो । त्यस्तै मञ्चले साहित्य र कला क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरेको छ । तीन दशकभन्दा लामो समयदेखि सक्रिय कविराज पोखरेल र अग्रज कलाकार माया पौडेल ‘आशावादी’लाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र संस्था संरक्षक कवि एवं मीनकुमार नवोदितले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । पोखरेललाई साहित्य र आशावादीलाई कला क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिनुभयो । साहित्य, कला, संगीतलगायतमा रुची भएका युवाहरु मञ्चमा आबद्ध छन् । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन र वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडीभरिको आकाश’ नाटक मञ्चन गरिसकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?