Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अल्टिमेट हिमालयन मोटरल्यान्ड : एक ऐतिहासिक कदम

2021 Jan 5 5:38 PM 34

विज्ञापन

Birat Cancer Hospital
अल्टिमेट हिमालयन मोटरल्यान्ड : एक ऐतिहासिक कदम
काठमाडौ । खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोट्र्समा अन्तर्राष्ट्रिय सफलताका लागि धुलिखेलमा निर्मित हिमालयन मोटरल्यान्ड सर्किट सफल हुने विश्वास गरिएको छ । साहसिक खेलको एउटा विधा मोटरर अटो स्पोट्र्स नेपालमा व्यावसायिक सञ्चालन र मूलधारको खेलका रूपमा स्थापित हुन प्रयास भैरहेको छ । महँगो खेल भएका कारण सरकारी र निजी क्षेत्रले यो खेलमा यस अघि लगानीको जोखिम उठाउन सकेका थिएनन् । टेलिभिजन फर्मुला वान, टूलगायतका प्रतियोगिता हेरेर यस खेलमा आकर्षित भएका केही खेलाडीलाई समेट्ने गरी नेपाल अटोमोबाइल्स संघ (नासा) ले पहिलो पल्ट मोटरस्पोट्र्सको सर्किट निर्माण गरेको छ । यस खेल विधाको सोख भएकाका लागि कम्तिमा मैदान तयार भएको छ । काभ्रेको धुलिखेल बजारदेखि करिव १ किलोमिटर पश्चिममा बिपी राजमार्गको छेवैमा ३५ रोपनीभन्दा बढी क्षेत्रमा सर्किट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी निर्माण गरिएको नेपालकै पहिलो रेस सर्किट हो । फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल्स (एफआईए) को ग्रासरुट मोटरस्पोट्र्स र क्लब डेभलपमेन्ट कार्यक्रमको आर्थिक सहयोगमा निर्माण भएको यो रेसकोर्सले नेपाली अटो र मोटर स्पोट्र्सको व्यावसायिकीकरण गर्न कोसेढुंगाको भूमिका खेल्ने विश्वास नेपाल अटोमोबाइल्स संघले लिएको छ । 134557480_936379473559748_144456037136244163_n साहसिक तथा पर्वतीय खेलहरूको संगठन नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोट्र्समा अन्तर्राष्ट्रिय सफलताका लागि यो सर्किट सफल हुने विश्वास व्यक्त गरे । ‘साहसिक र पर्यटकीय खेलकुदलाई मुख्य खेल विधाका रूपमा स्थापित गर्न र अन्तर्राष्ट्रिय सफलतासहितको विकास गर्ने दिन अब धेरै टाढा छैन,’ नासाका पूर्व महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य समेत रहेका भट्टराईले भने, ‘नेपाली खेलमा अबको पहिचान साहसिक खेलकुद हो । त्यसमध्ये मोटरस्पोट्र्स मुख्य विधाका रूपमा स्थापित हुने प्रक्रियामा छ ।’ यो सर्किट ३ करोडभन्दा बढीको लगानीमा ४ वर्ष लगाएर निर्माण गरिएको हो । त्यसमध्ये एफआईएले ६० प्रतिशतभन्दा बढी सहयोग गरेको छ । त्यसबाहेक नासाका पदाधिकारी र अन्य शुभचिन्तकबाट संकलन गरिएको रकमबाट निर्माण सम्पन्न भएको हो । एसियाली स्तरमै अटोमोबाइल्स संघले निर्माण गरी सञ्चालनमा ल्याएको यो पहिलो रेस सर्किट हो । सर्किटमा ३ सय मिटर पिच गरिएको छ । त्यहाँ अटो जिमखाना, ड्रिफ्टिङ, मोटो जिमखाना, कार्टिङ र स्लालोम कार्टिङलगायतका इभेन्ट सञ्चालन गर्न सकिनेछ । १ हजार मिटरको अफरोड सर्किटमा मोटरक्रस, अटोक्रस, र्यालीक्रस र अफरोड रेसिङका इभेन्ट गर्न मिल्नेछ । कान्तिपुर पोष्टबाट

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न