Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ

2021 Jan 13 11:25 AM 23

विज्ञापन

Birat Cancer Hospital
मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ

झापा ।  जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुबाट मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाईकल सहित चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका-२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका-६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका-३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका-४ का २२ बर्षीय सन्दिप लिम्बु रहेका छन् । मोटरसाईकल तथा स्कुटरहरु चोरी गर्ने मानिसहरुको पहिचान गर्न Operation Hunt नाम दिई सुक्ष्म रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले चोरी भएको ४ थान मोटरसाईकल सहित ७ जनालाई नियन्त्रणमा लिएको हो भने अन्य ११ थान मोटरसाईकल बिभिन्न स्थानहरुबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?