Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा

2021 Jan 18 5:34 PM 45

विज्ञापन

Birat Cancer Hospital
स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा
डम्बर कुमार न्यौपाने । सुनसरी । सुनसरीको देवानगंज गाउंपालिका ५ साहेबगंजमा रहेको बूढी खोलाले बर्षेनी १० देखि १५ फिट जमिन कटान गर्दै आएको छ । बर्खाको समयमा पर्ने अविरल वर्षाका कारण खोला वरीपरीको खेतियोग्य जमिन उक्त खोलाले कटान गरीरहेको स्थानियले बताउँदै आएका छन् । यस वर्ष परेको अविरल वर्षाका कारण त झन बढी खेतियोग्य जमिन कटानमा परेको उनिहरुको गुनासो छ । खोला देखि लगभग ४० फिट पर रहेको एक प्राईभेट बिद्यालय पनि उच्च जोखिममा रहेको छ ।450120 खोला वरपर रहेको अधिकाशं रुख बिरुवा, बाँस कटान भएर नदिमा बगेको स्थानिय बताउछन । तर सम्बन्धित पक्षले वास्था नगरेकोले समस्या आएको प्रदिप पोद्धारले बताएका छन् । वर्षेनि कटान हुँदा कृषकहरुले लगाएको बालि समेत खोलाले बगाएर लाने गरेको छ । जसबाट कृषकहरुले बर्षेनी ठूलो आर्थिक क्षती बेर्होनु पर्ने बाध्यता छ । यस समास्याका कारण कृषकहरुलाई बर्षेनी लगभग दूई देखी तीन लाख सम्मको आर्थिक क्षती बेहोर्न बाध्य भएका छन् । कतिपयको जग्गा पनि बर्षेनीको कटानले लगिसकेको र भुमिहिन अबस्थामा कृषक पुगेको स्थानीय नारायण शाहले बताएका छन् । कटान समस्या झेलिरहेका उक्त स्थानका जनतालाई समवन्धित निकायले वेवास्था गरीरहेको छ । अहिले सम्म स्थानिय सरकारले समेत ध्यान नदिदा समस्या झेलिरहेको स्थानिय झन मारमा परेका छन् । पटक पटक सम्बन्धित निकाय र स्थानिय सरकारलाई आफ्ना समस्या राख्दा पनि वेवस्ता गरेको बिक्रम शाहले बताएका छन् । स्थानियको भनाई अनुसार एकपटक २०७३ सालमा खोला कटान नियन्त्रणका लागि बाँध बनाउन पाचँ लाख रुपैँया आएको थियो । तर त्यो बाँधले जग्गा कटान भने नियन्त्रण गर्न सकेन् । बांधको अबधि नपुगदै भत्किएर खोलाले बगाएको स्थानियको भनाई छ । पाँच लाख रुपैया मध्ये दूई लाखको पनि काम नभएको वडा बासिन्दा राकेश यादबले बताएका छन् । वर्षेनी कटानको मारमा पर्ने उक्त स्थानमा चाडोभन्दा चाडो बाधँको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला