Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बरिष्ठ उपाध्यक्ष प्याकुरेल अध्यक्षमा मनोनित, एक पदका लागि निर्बाचन सम्पन्न

2021 Mar 15 10:58 AM 14

विज्ञापन

Birat Cancer Hospital
बरिष्ठ उपाध्यक्ष प्याकुरेल अध्यक्षमा मनोनित, एक पदका लागि निर्बाचन सम्पन्न

बिराटनगर । निबर्तमान कार्यसमितीमा रहेका बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि सर्बसम्मत चुनिएका छन् । यस पटक उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न साधारणसभाले सङ्गठनको नयाँ अध्यक्षमा प्याकुरेललाई चयन गरेको हो । राजनैतिक तथा ब्यापारिक घरानाका प्याकुरेल एमएम प्लाष्टिक उद्योगका सञ्चालक हुन् । यसअघि नै अध्यक्षमा दाबी गर्दै आएका उनलाई अर्को पटक जिम्मेवारी दिने भनेर भीम घिमिरे अध्यक्ष भएका थिए । घिमिरे भने यस पटक पनि अध्यक्ष दोहोर्याउने पक्षमा थिए । सके आफै अध्यक्ष बन्ने नसके दोस्रो व्यक्तिलाई ल्याउने प्रयास उनले गर्दा साधारणसभा पनि लम्बिएको थियो । सङ्गठनको वरिष्ठ उपाध्यक्षमा चुनाब भएको थियो । जसमा प्रदीपकुमार मुरारकाले २ को अन्तरले ७७ मत प्राप्त गरी निर्वाचित भएका छन् । मुरारकाले प्रतिस्पर्धी राकेश सुरानालाई दुई मत अन्तरले पराजित गरे । निर्वाचनबाट सुरानाले ७५ मत ल्याएका थिए । यसै गरी सङ्गठनको विभिन्न विधामा गरी तीन उपाध्यक्षमा भोलेश्वर दुलाल, राजकुमार गोल्छा र नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा विपिन कावरा मनोनित भएका छन् भने कार्यसमितिको सदस्यहरुमा सुनिलकुमार धनावत, पारस लुनिया, इन्द्र (राजन) खत्री, सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे अगामी कार्यकालका लागि मनोनित गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो