बिराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाबाट समेत कुनै पनि निकास निस्कन नसकिरहेका बेला राष्ट्रपतिले देशलाई निकास दिएर विकासको गतिमा अगाडी बढाउनका लागि दलहरुलाई बोलाउनु भएको हो । राष्ट्रपति निवासमा मंगलबार दिउँसो ४ बजे संसद प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई छलफलका लागि बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शिर्ष नेतालाई बोलाइएको छ । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप उहाले छलफलका लागि बोलाउनु भएको बताइएको छ । यतिबेला विभिन्न राजनीतिक दलहरुले पनि छलफललाई तीव्र बनाइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आयोजना गर्नुलाई महत्वका साथ हेरिएको छ ।
चैत्र ३ गते ४ बजे शितलनिबासमा राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठकको आयोजना
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
