Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट एक्स्पो चैत्र ५ गतेदेखि एक महिना लाग्ने, खरिदमा ५० प्रतिशत सम्म छुट

2021 Mar 17 10:11 AM 13

विज्ञापन

Birat Cancer Hospital
विराट एक्स्पो चैत्र ५ गतेदेखि एक महिना लाग्ने, खरिदमा ५० प्रतिशत सम्म छुट

बिराटनगर । विराटनगरमा आउँदो चैत्र ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ को आयोजना हुने भएको छ । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि सो मेला लाग्ने भएको हो । छाता संगठन फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो । विगत पाँच वर्षदेखि हुँदै आएको व्यापार मेलालाई आयोजकले यस वर्ष पनि निरन्तरता प्रदान गरेको हो । कोरोना महामारीका कारण बढ्दै गएको व्यापार घाटालाई न्युनीकरण गर्न तथा आर्थिक समृद्धि हाँसिल गर्नमा सहयोग पु¥याउन व्यापार मेलाको आयोजना गर्न लागिएको व्यापार मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा १६ भन्दा बढी नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने जानकारी दिए । मेलालाई दैनिक २२ हजार बढी उपभोक्ताहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा बि.एफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक र हाईलाईफ सहित बिभिन्न ब्राण्डका ५ हजार बढी मोडेलका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने आयोजकको दाबी छ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने मेला विराटनगरको रङ्गेली रोडस्थित नेपाल बङ्गलादेश बैंकको उत्तरपट्टीको खाली संरचनामा गरिएको छ । स्वदेशी उत्पादनको प्रचारप्रसार र प्रर्वद्धनका लागी विगतका समयमा पनि पोखरा, बुटवल, काठमाण्डौं र हेटौंडा जस्ता नेपालका प्रमुख शहरहरुमा जुत्ता चप्पल व्यापार मेलाको आयोजना हुँदै आएको छ । मेलामा १२ वटा स्वदेशी कम्पनीहरुले उत्पादन गरेका २२ ब्राण्डका जुत्ताचप्पलहरु १० देखि ५० प्रतिशत छुटमा खरिद गर्न सकिने छ । मेलामा १ सय देखि १० हजार मुुल्यसम्मका जुत्ताचप्पलहरुको खरिद बिक्री हुने लक्ष्य राखिएको छ । फुटवेयरकै क्षेत्रमा करिब ३२ अर्ब बराबरको लगानी रहेको नेपालमा ९ करोड जोडी जुत्ताचप्पल आन्तरिक बजारको माग हो । जसमध्ये करिब ६३ प्रतिशत जुत्ता चप्पलहरुको आपुर्ति आन्तरिक उत्पादनबाटै भएको छ । हाल यस क्षेत्रका उद्योगहरुमा करिब ५५ हजार मजदुरहरुले रोजगारी पाएका छन् भने एकतिहाई महिलाहरु प्रत्यक्ष रुपमा कार्यरत छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो