Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिपन्न परिबारका बिद्यार्थीहरुले पोशाक र ब्याग पाउदा दंग

2021 Mar 23 8:36 PM 43

विज्ञापन

Birat Cancer Hospital
बिपन्न परिबारका बिद्यार्थीहरुले पोशाक र ब्याग पाउदा दंग

बिर्तामोड । मेचि आधारभुत बिद्यालयमा अध्ययन गर्ने बिपन्न परिबारका छात्र–छात्राहरुले पोशाक र ब्याग बोकेर बिद्यालय जान पाउने भए पछि खुशीले दंग भएका छन् । उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कुल ब्याग अनि फिल्टर समेत निःशुल्क वितरण गरे पछि अबिभावक समेत मंख परेका छन् ।img_20210322_115246 भद्रपुर नगरपालिका वडा नम्बर–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका १ सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोशाक र ब्याग वितरण गरेका हुन् । विद्यालयमा आयोजित समारोहमा गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका नाममा उक्त सामग्री वितरण गरे । उनी दाजु ओमप्रकाशका स्मृतिमा विगत एक दशकदेखि समाजसेवाका कार्यहरू गर्दै आइरहेका छन् । गोयलले विद्यालयका ७८ छात्रलाई सर्ट–पेन्ट तथा ६३ छात्रालाई सर्ट र फ्रक प्रदान गरे । यसबाहेक विद्यालयलाई उनले आफ्ना तर्फबाट खानेपानीको फिल्टरसमेत हस्तान्तरण गरे । विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले पोशाक, ब्याग र फिल्टरमा गरी २ लाख रुपैयाँ खर्च भएको बताएका छन् । समारोहलाई सम्बोधन गर्दै समाजसेवी गोयलले आफू भद्रपुरमै जन्मिएर माध्यमिक तहसम्मको शिक्षा आफूले यहीँ पाएको उल्लेख गरे । उनले आफ्ना दाजु ओमप्रकाशले पनि झापा जिल्लामा समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । ‘हामी दुबै यही क्षेत्रका भएकाले यस कार्यक्रमबाट दाजुको सानो सम्झना गरेको हुँ’, उनको भनाइ थियो, ‘हामी दुबै जना जुत्ता नलगाई खालि खुट्टामै बोरा बोकेर विद्यालय जान्थ्यौँ । हामी दुबैले दुःखका दिन पनि देखेका छौँ । त्यसैले आजका विद्यार्थीले सहज वातावरण पाऊन् भन्ने मेरो चाहना छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला