Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिपन्न परिबारका बिद्यार्थीहरुले पोशाक र ब्याग पाउदा दंग

2021 Mar 23 8:36 PM 22

विज्ञापन

Birat Cancer Hospital
बिपन्न परिबारका बिद्यार्थीहरुले पोशाक र ब्याग पाउदा दंग

बिर्तामोड । मेचि आधारभुत बिद्यालयमा अध्ययन गर्ने बिपन्न परिबारका छात्र–छात्राहरुले पोशाक र ब्याग बोकेर बिद्यालय जान पाउने भए पछि खुशीले दंग भएका छन् । उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कुल ब्याग अनि फिल्टर समेत निःशुल्क वितरण गरे पछि अबिभावक समेत मंख परेका छन् ।img_20210322_115246 भद्रपुर नगरपालिका वडा नम्बर–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका १ सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोशाक र ब्याग वितरण गरेका हुन् । विद्यालयमा आयोजित समारोहमा गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका नाममा उक्त सामग्री वितरण गरे । उनी दाजु ओमप्रकाशका स्मृतिमा विगत एक दशकदेखि समाजसेवाका कार्यहरू गर्दै आइरहेका छन् । गोयलले विद्यालयका ७८ छात्रलाई सर्ट–पेन्ट तथा ६३ छात्रालाई सर्ट र फ्रक प्रदान गरे । यसबाहेक विद्यालयलाई उनले आफ्ना तर्फबाट खानेपानीको फिल्टरसमेत हस्तान्तरण गरे । विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले पोशाक, ब्याग र फिल्टरमा गरी २ लाख रुपैयाँ खर्च भएको बताएका छन् । समारोहलाई सम्बोधन गर्दै समाजसेवी गोयलले आफू भद्रपुरमै जन्मिएर माध्यमिक तहसम्मको शिक्षा आफूले यहीँ पाएको उल्लेख गरे । उनले आफ्ना दाजु ओमप्रकाशले पनि झापा जिल्लामा समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । ‘हामी दुबै यही क्षेत्रका भएकाले यस कार्यक्रमबाट दाजुको सानो सम्झना गरेको हुँ’, उनको भनाइ थियो, ‘हामी दुबै जना जुत्ता नलगाई खालि खुट्टामै बोरा बोकेर विद्यालय जान्थ्यौँ । हामी दुबैले दुःखका दिन पनि देखेका छौँ । त्यसैले आजका विद्यार्थीले सहज वातावरण पाऊन् भन्ने मेरो चाहना छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?