Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रहरीलाई पराजित गर्दै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

2021 Apr 13 10:13 AM 24

विज्ञापन

Birat Cancer Hospital
प्रहरीलाई पराजित गर्दै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

अप्सरा कट्वाल, विराटनगर । बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएपलको जितमा मणि लामा र आशिष लामाले गोल गरे ।img_6893-768x512

पूर्व विजेतासमेत रहेको नेपाल पुलिस क्लबले पहिलो खेलमा नै हार व्यहोरेपछिछैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७३ सालमा भएको विराट गोल्डकपको उपाधि हात पारेको थियो । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा गोल गर्दै एपिएफको खाता खोले । पुलिसका खेलाडिले डिबक्स छेउमा क्लियरिङ गर्न खोज्दा एपिएफका मणिले गोल गरेका थिए । पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमले गोलरहित खेल बराबरी खेलेका थिए ।987

खेलको १९ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । २४ औ मिनेटमा एपिएफका सनिस श्रेष्ठले मिलाएको पासलाई बुद्धिमान राईले टच गर्न नसक्दा उपिएफले गोल गर्ने राम्रो अवसर गुमायो । खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामाले पेनाल्टी एरियादेखि गरेको प्रहार पहिलो बारमाथिदेखि बाहिरदा गोल गर्ने राम्रो अवसर गुमायो । ४१ औ मिनेटमा सुदिप सिक्राकारले डिबक्सभित्रबाट प्रहार गरेको कडा प्रहारलाई एपिएफका गोलकिपरराजु नगरकोटीले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए । एक गोलले पछि गरेको पुलिसले दोस्रो हाफदेखि सुधारिएको खेल खेलेको थियो । दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बाधक भए । पुलिसले दोस्रो आधा दर्जन गोल गर्ने अवसर खेर फाल्दा पराजित हुन पुग्यो । ६१ औ मिनेटमा डिबक्सभित्रबाट पुलिसका सुदिज सिक्राकारले गरेको प्रहार पहिलो बार माथिबाट बाहिरिन्दा बराबर गर्ने अवसर गुमायो । ७२ औं मिनेटमा प्रहरीका तेज तामाङले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले फेरि बाधक बने ।

खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा वान भर्सेज वानमा गरेको प्रहार पहिलो बारमाथिबाट बाहिरिन्दा बराबरी गर्ने अन्तिम मौका गुमाएको थियो । दोस्रो हाफको अतिरिक्त समयको तस्रो मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।आशिषले मैदानका विच भागबाट एक्लै बललाई अगाडी बढाउँदै वान भर्सेस वानमा प्रहार गरेको बल गोलमा परिणत भएको थियो । प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडी बढदा आशिषले बललाई एक्लै अगाडी बढाएर गोल गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?