Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रहरीलाई पराजित गर्दै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

2021 Apr 13 10:13 AM 45

विज्ञापन

Birat Cancer Hospital
प्रहरीलाई पराजित गर्दै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

अप्सरा कट्वाल, विराटनगर । बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएपलको जितमा मणि लामा र आशिष लामाले गोल गरे ।img_6893-768x512

पूर्व विजेतासमेत रहेको नेपाल पुलिस क्लबले पहिलो खेलमा नै हार व्यहोरेपछिछैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७३ सालमा भएको विराट गोल्डकपको उपाधि हात पारेको थियो । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा गोल गर्दै एपिएफको खाता खोले । पुलिसका खेलाडिले डिबक्स छेउमा क्लियरिङ गर्न खोज्दा एपिएफका मणिले गोल गरेका थिए । पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमले गोलरहित खेल बराबरी खेलेका थिए ।987

खेलको १९ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । २४ औ मिनेटमा एपिएफका सनिस श्रेष्ठले मिलाएको पासलाई बुद्धिमान राईले टच गर्न नसक्दा उपिएफले गोल गर्ने राम्रो अवसर गुमायो । खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामाले पेनाल्टी एरियादेखि गरेको प्रहार पहिलो बारमाथिदेखि बाहिरदा गोल गर्ने राम्रो अवसर गुमायो । ४१ औ मिनेटमा सुदिप सिक्राकारले डिबक्सभित्रबाट प्रहार गरेको कडा प्रहारलाई एपिएफका गोलकिपरराजु नगरकोटीले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए । एक गोलले पछि गरेको पुलिसले दोस्रो हाफदेखि सुधारिएको खेल खेलेको थियो । दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बाधक भए । पुलिसले दोस्रो आधा दर्जन गोल गर्ने अवसर खेर फाल्दा पराजित हुन पुग्यो । ६१ औ मिनेटमा डिबक्सभित्रबाट पुलिसका सुदिज सिक्राकारले गरेको प्रहार पहिलो बार माथिबाट बाहिरिन्दा बराबर गर्ने अवसर गुमायो । ७२ औं मिनेटमा प्रहरीका तेज तामाङले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले फेरि बाधक बने ।

खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा वान भर्सेज वानमा गरेको प्रहार पहिलो बारमाथिबाट बाहिरिन्दा बराबरी गर्ने अन्तिम मौका गुमाएको थियो । दोस्रो हाफको अतिरिक्त समयको तस्रो मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।आशिषले मैदानका विच भागबाट एक्लै बललाई अगाडी बढाउँदै वान भर्सेस वानमा प्रहार गरेको बल गोलमा परिणत भएको थियो । प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडी बढदा आशिषले बललाई एक्लै अगाडी बढाएर गोल गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला