बिराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार २ सय ११ जना भन्दा बढी नयाँ संक्रमित थप भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा देशभर १६ हजार १४७ जनाको आरटी–पीसीआर गर्दा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेट परीक्षण गर्दा ७४ जना गरी कुल ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ४८ हजार ७११ जना आइसोलेसन र ६७ जना क्वारेन्टिनमा छन् ।
नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित–पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित थप
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
May 10
