Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भोकै र समस्यामा परेका बिरामीका कुरुवालाई हरेक साझ निःशुल्क खाना–लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ

2021 May 24 10:04 AM 23

विज्ञापन

Birat Cancer Hospital
भोकै र समस्यामा परेका बिरामीका कुरुवालाई हरेक साझ निःशुल्क खाना–लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ
बिराटनगर । लायन जिल्ला ३२५ ए वानका दुई क्लबहरु लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानी बिराटनगरको संयुक्त आयोजनामा दोस्रो लकडाउनको शुरुआत देखि नै मानब सेवामा लागेको छ । प्रदेश १ कै ठुला अस्पतालमा कोरोना महामारीका कारण बिरामीहरुका कुरुवाहरुलाई खाना, ड्रइफुड, पानी लगायत अन्य खाध्य पदार्थ निःशुल्क बितरण गरेको छ ।186476377_531531374897478_4191934744336738806_n विश्वव्यापी रुपमा फैलिएको यस कोरोना महामारीका समयमा लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानी बिराटनगरको संयुक्त पहलमा लायन्सको मूल उद्देश्य हामी सेवा गर्छौं–लाई सार्थक पार्दै रोगले मरेपनि मान्छे भोकले मर्नु नपरोस भन्ने नारालाई सार्थक बनाउन बिगत १० दिन देखि बिराटनगरमा रहेका ठुला अस्पताल कोशी अस्पताल, बिराट मेडिकल कलेज र नोबेल अस्पतालमा लामो समय देखि भोकै रहेका कुरुवाहरुलाई खाना खुवाउन थालेको लायनका अध्यक्ष पियुस लोनियाले बताएका छन् । क्लबले बिराटनगरमा भएका कोशी अञ्चल अस्पताल, बिराट मेडिकल कलेज र नोबेलका साथै बिराटनगर भित्र रहेका अन्य अस्पतालहरुमा समेत हरेक दिन २ सय ५० प्याकेट खाना र ४ सय मिनरल बोतल पानी वितरण ग187165889_4428697207164912_5945782179100328551_nर्दै आएको छ । यस अभियानमा प्रत्यक्ष रुपमा एक्जिक्युटिभका अध्यक्ष लायन पियुष लुनिया, रानीका वर्तमान अध्यक्ष जितु रजक, लायन घनश्याम राठी, लायन रानु गोयल साथै क्लबका अन्य पदाधिकारीहरुको समुहले काम गरीरहेको छ । पहिले आफुहरुले बिहान बेलुका खाना खुवाएको भएपनि अस्पतालका बिरामी तथा कुरुवाहरुले बिहान त बरु हामीले खाना पाउछौं तर साझलाई खाना खान समस्या हुने कुरा बताएपछि हरेक बेलुकी एकछाक मात्र खाना वितरण गर्न थालेका रानीका अर्का अध्यक्ष जितु रजकले बताए । बिराटनगरमा अहिले कोरोना रोगले साना तथा ठुला अस्पताल भरिभराउ छ । पिडितहरु खाना खान नपाएका र होटलहरु प्नि बन्द भएको हुनाले यस्ता सहयोगी हातहरुको खाँचो रहेको बिराट मेडिकल कलेज टंकीमा बिरामी कुरुवा चतरा सुनसरीबाट आएका प्रकास राउतले बताए । चर्को घाममा सडकमा जनताको जिउ ज्यान र रोगबाट बच्नका लागि अहोरात्र खटने प्रहरीलाई पानी, मास्क र सानीटयाजर अहिलेको आबश्यकता रहेको हुनाले त्यो तर्फ हाम्रो ध्यान भएको लायन रानु घोयलले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?