Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उमेरहदका कारण वाईसीएलबाट स्वतः विदाईमा परेकाबाटै भेला लम्बेतान

2021 Aug 31 11:13 AM 22

विज्ञापन

Birat Cancer Hospital
काठमाडाैं । लामो विवादपछि नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को नेतृत्व टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वाईसीएलको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको हो । यस्तै, वाईसीएलको जारी भेला भोलिसम्म लम्बिने भएको छ । भोलि ११ बजेदेखि भेला सुरु हुने वाईसीएल नेपालका एक नेताले जनाए । वाईसीएलको विधानमा ४० वर्षे उमेरहदका कारण स्वतः विदाईमा परेका अहिलेका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले संगठनमा तितरबितर पारेर आफू अनुकुल नेतृत्व चयनमा जुटेपछि वाईसीएलको नेतृत्व चयन लम्बेतान परेको हो । तर, गण्डकी र कर्णाली प्रदेशले केन्द्रीय समितिमा नाम पठाउन नसकेपछि भेला भोलिसम्मका भेला लागि स्थगित गरिएको जनाइएको छ । तर, मुल विवाद नेतृत्वच चयनमा परेपछि भेला लम्बिएको हो । वाईसीएलको अध्यक्षमा महासचिव सुबोधराज सेर्पाली, उपाध्यक्षद्वय सुमन देवकोटा ‘अब्दुल र यशोधा न्यापानेको दाबेदारी रहेको छ भने महासचिवमा सचिवद्वय ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’ गणेश शाही, मिङ्माडण्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’को दाबेदारी रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?