बिगोको दृष्टिकोणले घुस लिएको आरोपमा अख्तियारले चलाएको यो सबैभन्दा ठूलो मुद्दा हो । यसअघि अख्तियारकै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगोको मुद्दा चलाइएको थियो । यो मुद्दामा आठ लाख रुपैयाँ मात्र बरामद भए पनि अन्य तथ्यले रौनियारले एक करोड २८ लाख रुपैयाँ नै लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको थियो ।
उपकुलपति रौनयारलाई ठेक्काको १० प्रतिशत अनिवार्य कमिशन
प्रतिष्ठानले फार्मेसी भवन बनाउन करिब १२ करोड तथा होस्टेल भवन बनाउन सात करोडको ठेक्का लगाएको थियो । दुवै ठेक्का श्याम सुन्दर निर्माण प्रालिले पाएको थियो । त्यो कम्पनीले पनि गिना कन्ट्रक्सनलाई दुवै भवन निर्माणको जिम्मेवारी दिएको थियो ।
घट्नाका बेला दुवै भवन निर्माणको करिब आधा कम सकिएको थियो । त्यतिबेला फार्मेसी भवन निर्माणको १४ मध्ये पाँच करोड र होस्टेल निर्माणको सातमध्ये चार करोड रुपैयाँ भुक्तानी भइसकेको थियो । यसरी करिब नौ करोड भुक्तानीका लागि आफूले एक करोड २८ लाख रुपैयाँ उपकुलपतिलाई बुझाउनुपरेको गिना निर्माण प्रालिका प्रोजेक्ट म्यानेजर सुशीलकुमार झाले अख्तियारमा दिएको निवेदनमा उल्लेख छ । उपकुलपतिले हरेक ठेक्कामा करिब १० प्रतिशत कमिशनको रेट नै तोकेर पैसा लिने गरेको आयोगको अनुसन्धानमा खुलेको थियो ।
१४ लाख रुपैयाँ आफैँले रौनियारलाई लगेर बुझाएको र एक करोड दुई लाख रुपैयाँ चालक दिवाकर कार्कीमार्फत दिएको ठेकेदार झाले बताएका छन् । थप आठ लाख बुझाएलगत्तै रकम बरामद भएको थियो । चालक कार्कीले आफूले पटक–पटक झासँग पैसा लिएर रौनियारलाई बुझाएको स्वीकार गरेका छन् । घुस लेनदेनमा संलग्न भए पनि अख्तियारलाई अनुसन्धानमा सहयोग गरेकाले उनलाई सजायमा पूर्ण छुट दिई साक्षीका रूपमा प्रस्तुत गरिएको छ ।
यसरी गर्थे उनले बार्गेनिङ
चौथो रनिङ बिल भुक्तानीका लागि कम्पनीले गत जेठमा ८७ लाख दुई सय ७२ रुपैयाँको बिल पेस गरेको थियो । रनिङ बिल स्वीकृत गर्न सम्झौता अनुसारको गुणस्तरीय काम भए–नभएको मूल्यांकन हुनुपर्छ । सम्झौता अनुसार नै काम गरेको इन्जिनियरिङ प्रतिवेदनका आधारमा गत १० असारमा कम्पनीको नाममा चेक काटियो । तर, चेक ठेकदारको होइन उपकुलपतिको झोलामा पुग्यो । भुक्तानीको १० प्रतिशत रकम नदिएसम्म भुक्तानी नदिने भन्दै उनले बार्गेनिङ सुरु गरे ।
गिना निर्माण प्रालिका प्रोजेक्ट म्यानेजर झा गत २६ असारमा झोलामा आठ लाख घुस लिएर रौनियारको कार्यकक्षमा प्रवेश गरे । खल्तीमा मोबाइलको भिडियो अन गरेर आर्थिक डिलबारे कुरा गर्न थाले । रौनियारले त्यो थाहा पाएपछि मोबाइल खोसेर स्विचअफ गरेका थिए । त्यसपछि मात्र उनले पैसा लिएर भजितलाई राख्न दिएका थिए ।
झाले पहिले नै अख्तियारलाई खबर गरेर सो पैसा दिएका थिए । त्यसैले केही समयमै आयोगको टोली पुगेर पैसा बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो ।
झाले त्यसअघि भएका पैसा लेनेदनका अडियो र भिडियोसमेत राखेका थिए । आयोगको अभियोगपत्रमा भनिएको छ, ‘निवेदकले उपकुलपतिसँग उक्त चेक बुझिलिएको देखिएबाट समेत लेखा शाखाले नियमानुसार ठेकदारलाई भुक्तानी दिनुपर्ने चेक उपकुलपति राजकुमार रौनियारले गलत मनसायले आफ्नो साथमा राखी रिसवतवापतको कमिशन रकम यकिन भएपछि मात्र ठेकदारलाई चेक दिने गरेको तथ्य निर्विवाद रूपमा स्थापित भइआएको छ ।’
अनुसन्धानमा सहयोग गरेकाले ठेकेदार झालाई भने अख्तियारले साक्षीका रूपमा मात्र पेस गरेको थियो । अदालतमा गएर बयान फेरेमा मात्र उनीविरुद्ध मुद्दा चल्ने कानुनी प्रावधान छ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्वउपकुलपति रौनियार दोषी, अदालतले दिएन सफाई

अनुसन्धानमा सहयोग गरेकाले ठेकेदार झालाई भने अख्तियारले साक्षीका रूपमा मात्र पेस गरेको थियो । अदालतमा गएर बयान फेरेमा मात्र उनीविरुद्ध मुद्दा चल्ने कानुनी प्रावधान छ ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1