Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सिटि रिक्सा दुर्घटनाको हटस्पोर्ट बन्दै विराटनगर

2021 Nov 21 11:45 AM 23

विज्ञापन

Birat Cancer Hospital
सिटि रिक्सा दुर्घटनाको हटस्पोर्ट बन्दै विराटनगर
एन्जु सिवाकोटी, विराटनगर । वर्तमान समयमा सिटि रिक्साको उपयोग बढ्दै गएको छ । छोटो दुरीको यात्रा गर्न सर्वसाधारणले निकै रुचाउने गरेको पाइन्छ । जसको प्रभाव विराटनगरमा पनि परेको छ । सिटि रिक्साले छोटो दुरीका यात्रुहरुलाई सुविधा दिने गरेको छ । सिटि रिक्साबाट यात्र गर्नु सुविधा प्रदान गरेतापनि केही समय यता विराटनगरमा सिटि रिक्सा दुर्घटना बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय मोरङ्गको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष यता पैँसठ्ठीवटा सिटि रिक्सा दुर्घटना भएको पाइन्छ । उक्त तथ्याङ्क अनुसार सन्ताउन्न वटा सिटि रिक्सा दुर्घटना भएको पाइन्छ । सिटि रिक्सा दुर्घटनामा पुरुष सोह्र जना, महिला दुई जना, बालक एक जना गरी उन्नाइस जनाको मुत्यु भएको पाइन्छ । सिटि रिक्सा चालकले ट्राफिक नियमको जानकारी नराखी जथाभावी रुपमा सवारी चलाउने गर्छन् । नेपाल सरकार यातायात व्यवस्थापन विभागले सिटी रिक्सा चालकहरुले अनिवाय रुपमा सवारी लाइसेन्न लिएर मात्र चलाउन पाउने व्यवस्था गरेको छ । तर विराटनगरका अधिकांश सिटी रिक्सा चालकको लाइसेन्न छैन । साथै उमेर नपुगेका चालकहरुले सवारी चलाउने गरेका छन् । जसका कारण दिनप्रतिदिन दुर्घटना बढ्दै गएको छ । विराटनगरका अधिकांश सिटि रिक्साको हेडलाइट तथा इन्डिकेटर छैन जसका कारण पनि दुर्घटना बढ्दो छ । गत कात्तिक महिनामा मात्र चार सय नौं वटा सवारी कारवाहिमा परेका छने भने चालुआर्थिक बर्ष यता चौधसय त्रिपन्न वटा सवारी कारवाहिमा परेका छन् । चालुआर्थिक बर्ष यता आठ लाख सताइस हजार पाँच सय राजस्व संकलन भएको छ । हाल विराटनगरमा कति सिटि रिक्साहरु छन् भन्ने कुराको ठोस तथ्याङ्क सम्बन्धित कुनैपनि सरकारी निकायसँग छैन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?