Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

छुटै पहिचान बोकेको होटलका रुपमा चिनिदै रत्न होटल

2021 Dec 5 4:41 PM 22

विज्ञापन

Birat Cancer Hospital
छुटै पहिचान बोकेको होटलका रुपमा चिनिदै रत्न होटल
एन्जु शिवाकोटी, विराटनगर । विराटनगर औद्योगिक दृष्टिकोटबाट नेपालको पहिलो शहर मानिन्छ । अत्यन्त व्यस्त रहने यस शहरमा केहि समय यता होटल व्यवसाय फस्टाउदै गएको छ । राम्रो र गुणस्तरिय सुविधा प्रदान गछौं भन्ने होटल सञ्चालनमा होडबाजी चलिरहेका बेला प्रचारमा ल्याइएका होटलहरु भन्दा अलि पर रहेर एउटा छुटै पहिचान बोकेको होटलको नामबाट रत्न होटल परिचित छ । विराटनगरका होटल भन्ने वितिकै सबै भन्दा पहिला रत्न होटलको नाम आउने गर्छ ।बि.सं. २०५६ सालबाट सञ्चालनमा आएको यस होटलले आफ्नो छुटै पहिचान बनाएको छ । होटलको प्रवेशद्धारमा घैला राखिएको छ । नेपाली संस्कृती अनुसार यसरी मुल दैलोमा घैला राख्नु शुभ मानिन्छ । होटलको बनावटले नेपालीपन झल्काएको देख्न सकिन्छ । यसका साथै होटमा मौलिक संस्कृतीलाई जोड्ने तरिकाले होटलको संरचना निर्माण गरेको पाइन्छ । यसका साथै होटेलमा नेपाली पन झल्काउने गुन्यौंचोली र दौरासुरुवालमा सहिएका कर्मचारीहरु देखिन्छन् जसले मौलिकता झल्काउँछ ।  whatsapp-image-2021-12-05-at-4-11-34-pm whatsapp-image-2021-12-05-at-4-11-35-pm-1 आधुनिकतामा रुमलिदै गरेको समाजलाई आफ्नो मौलिकता नभुलौं भन्ने सन्देश यस होटलले दिएको छ । ‘आधुनिक जीवनशैलिलाई अपाउदै गर्दा हामीले आफ्नो मौलिकता बिर्सिदै गइरहेका छौ ।’ होटल सञ्चालक रेवत थापा भन्नुहुन्छ, ‘यस होटलको संरचना यसरी गरिएको छ कि जसले हाम्रो मौलिकता बोकेको छ ।’ आधुनिकतासँगै मौलिकता बोकेको यस होटेलको संरचनाले मौलिकता अझै मरिसकेको छैन भन्ने सन्देश होटमा आउने हरेक व्यक्तिलाई आवास गराउने गरेको छ । गुणस्तरिय सेवा सुविधासँगै हामीलाई हाम्रो मौलिक धरोहर बिर्सनु हुदैन भन्ने पाठ यहाँका हरेक संरचनाले झल्काएको छ । whatsapp-image-2021-12-05-at-4-11-35-pm-2पूर्वको पर्यटक क्षेत्रलाई जोडेर अगाडि बढ्नको लागि होडल व्यवसाय सञ्चालनमा ल्याएको बताउनु हुन्छ होटल सञ्चालक थापा । उहाँले भन्नुभयो, ‘नाफा कमाउने उद्देश्य नभई नेपाली मौलिकतालाई कायम गर्दै पूर्वलाई पर्यटक क्षेत्रसँग जोडेर अगाडी बढ्नु पर्छ भन्ने मेरो सोच छ ।’ whatsapp-image-2021-12-05-at-4-11-35-pm पाँच तल्ला भएको यस रत्न होटलमा सुपर डिलक्सरुम, डिलक्स रुम र सुईट रुम, गरी ७३ वटा गुणस्तरिय बेड रुम रहेको छ । ४ वटा रेस्टुरेण्ड रहेको यस होटमा ३ वटा सेमिनार हल रहेको होटलका मार्केटिङ म्यानेजर शम्भू बुढाथोकीले बताउनुभयो । स्विमिङ पुल केहि दिनमा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको उहाँले जानकारी गराउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?