Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हाडजोर्नीको ८० प्रतिशत समस्या जीवनशैलीले निम्त्याउदै

2021 Dec 7 11:56 AM 34

विज्ञापन

Birat Cancer Hospital
हाडजोर्नीको ८० प्रतिशत समस्या जीवनशैलीले निम्त्याउदै
एन्जु शिवाकोटी, विरनटनगर । बदलिँदो जीवनशैली र नमिल्दो खानपानका कारण पछिल्लो समय हाडजोर्नी सम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै जान थालेको छ । यदि तपाईँको दैनिकी विहान अवेरसम्म सुत्ने, सन्तुलित खानामा ध्यान नदिने, शारीरिक व्यायम कम गर्ने गर्नुहुन्छ भने तपाईँ हाडजोर्नी बिरामसम्बन्धी जटिलसमस्यामा पर्दै हुनु हुन्छ । हाडजोनी सम्बन्धी समस्या बुढाबुढी, जवान, केटनकेटी सबैमा देखा पर्ने समस्या दिनप्रतिदिन बढ्दै जादै छ । हाडजोर्नी दुख्ने समस्यालाई हाम्रो समाजमा सामान्य समस्याका रुपमा लिने गरिन्छ । तर, वास्तवमा हाडजोर्नी सम्बन्धी समस्या जटिल समस्या हो । जसका कारण समयमा नै उपचार नहुँदा प्यारालाइसिस भएर मानिसहरु ओछ्यानमा नै थलित हुन पुग्छन् । शरीरको हड्डी कम्जोर हुने, ढाड तथा जोर्नी दुख्ने, मोटोपन बढ्ने, घँुडा दुख्ने जस्ता समस्याहरु गलत जिवनशैलिका कारण देखा पर्नेगर्छ । फिजीयोथेरापी डा. रिसव गौतम भन्छन्,‘हड्डीमा एक प्रकारको तरल पदार्थ हुर्ने गर्दछ । शारीरिक व्यायमको कमी तथा सन्तुलित आहार नहुँदा तरल पदार्थ कम हुँदै जान्छ र हाडजोर्नी सम्बन्धी समस्या उत्पन्न हुन थाल्दछ ।’ कमजोर हाडजोर्नीका कारण पलेटी कसेर बस्न नसक्ने, धेरै काम गर्न नसक्ने, ज्यादा थकाइको महशुस हुने जस्ता समस्या देखा पर्ने गौतमले बताए । उनी भन्छन्,‘हाड भनेको यस्तो कुरोहो जसको जसको जति प्रयोग ग¥र्यो त्यती नै बलियो बन्दै जान्छ । त्यसका लागि सन्तुलित आहारमा अत्यन्त ध्यान दिन जरुरी छ ।’ विश्व स्वास्थ्य संगठनको तथ्याकं अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नी सम्बन्धी ८० प्रतिशत समस्या हाम्रो दैनीक जीवनशैलिकै कारण देखा पर्ने गरेको पाइन्छ । नोवेल मेडिकल कलेजका फिजियोथेरनपी डा. प्रनय यादव भन्छन्,‘पहिला ४० देखि ५० जना हाडजोर्नी सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गर्दथे भनी हाल दैनीक १ सय भन्दा बढी बिरामी आउने गरेका छन् ।’ समस्या लिएर उपचारका लागि आउने अधिकांश बिरामीहरु लामो समयसम्म उभिएर काम गर्ने, मोबाइल तथा कम्प्युटरको बढी प्रयोग गर्ने, लामो समयसम्म मोटरसाइकलमा नियमित रुपमा यात्रा गर्ने मानिसहरु आउने गरेको डा. यादवले बताए । प्राय यस्तो समस्या लिएर युवावर्गका बिरामीहरु आउनेगरेको उनको भनाइ छ । हाल हाडजोर्नी समस्या लिएर आउने बालबालिकाहरुको संख्या बढ्न थालेको डा.यादवले बताए । पढाइको धेरै मानसिक तनाव, भारी झोला उठाउने, लामो समयसम्म निहुरेर किताब हेर्ने, अग्लो सिरानी लगाएर सुत्ने बालबालिकाहरुमा बढी समस्या देखा परेको उनले बताए । शारीरिक क्रियाकलाप कम हुनु, जंकफुड बढी खानु, धूम्रपान गर्नु हाडजोर्नी सम्बन्धी बिरामीका कुख्य कारकतत्व हुन् । यस्ता समस्याहरुको उपचार समयमा न गर्दा यसले विकराल रुप लिन सक्ने विशेषयज्ञहरु बताउछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न