Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लागु औषध सहित ३ जनालाई मोरङको छुट्टाछुट्टै स्थानबाटपक्राउ

2021 Dec 14 12:07 PM 22

विज्ञापन

Birat Cancer Hospital
लागु औषध सहित ३ जनालाई मोरङको छुट्टाछुट्टै स्थानबाटपक्राउ
लागु औषध सहित ३ जनालाई मोरङको छुट्टाछुट्टै स्थानबाटपक्राउ गरिएको छ ।भारतबाट नेपाल आउदै गरेको अवस्थामा सोमबार दिउँसो २:३० बजे विराटनगर महानगरपालिका वडा १६ हुलास चौक स्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप-महानगरपालिका वडा ४ बस्ने २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ भने, सोमबार राती ६ बजे विराटनगर महानगरपालिका वडा १७ मटेरुवाचोक स्थितमा सुनसरी धरान उप-महानगरपालिका वडा १४ बस्ने ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी सोमबार साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय आर.आई.टी विराटनगर बाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका वडा ५ बलिया स्थितबाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका वडा ६ बस्ने २१ बर्षिय सागर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?