Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सत्तागठबन्धनमा मतभेद, एमाले बैठकमा सहभागी नहुने

2021 Dec 19 12:29 PM 21

विज्ञापन

Birat Cancer Hospital
सत्तागठबन्धनमा मतभेद, एमाले बैठकमा सहभागी नहुने
 काठमाडौं ।अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा लैजाने र अनुमोदन गर्ने विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा विपक्षी दल एमालेबाट लगातर अवरुद्ध संसद् खोल्ने र एमसिसीबारे साझा धारणा बनाउने एजेन्डा रहेको छ ।
प्रधानमन्त्री देउवाले शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सहयोगी अन्य दलका नेताहरूसँग समेत संवाद गरेर आइतबारका लागि बैठक तय गरेका हुन् । प्रचण्डसँगको भेटमा देउवाले सर्वदलीय बैठकमा एमसिसीमा समान धारणा बनाउन कठिन हुने बताएका थिए । तर, प्रचण्डले एकपटक बैठक बोलाएर कोसिस गर्नुपर्ने र त्यसपछिको परिस्थितिमा थप छलफल गर्ने भन्दै सर्वदलीय बैठक आह्वान गर्न सुझाव दिएका थिए । चालू संसद् अधिवेशनमा एमसिसी प्रवेश गराउने र अनुमोदन आफ्नो योजनामा सहमति जुटाउन प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि एमसिसीमा सत्तागठबन्धन रहेका दलहरूबीच समेत सहमति जुटिसकेको छैन । प्रधानमन्त्री देउवाले शुक्रबार सत्तागठबन्धनमै रहेको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । भेटमा प्रचण्डले एमसिसी संसद् लैजानुपूर्व सर्वदलीय बैठक आह्वान गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । अमेरिकी सरकार र एमसिसीका उच्च अधिकारीले केही समयअघि मात्रै ‘एमसिसी नेपाली जनताको हितमा छ भन्ने लागे स्वीकार गर्न र नभए यसलाई अन्य मुलुकमा लैजाने’ भनेर दबाब सिर्जना गरेपछि राजनीतिक दलहरू यस विषयमा निर्णय गर्न तातेका छन् । अहिलेसम्म कांग्रेस संसद्बाट अनुमोदन गर्ने पक्षमा स्पष्ट छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपालगायत दलहरू एमसिसीका केही प्रावधान संशोधन गरेर मात्रै अघि बढाउनुपर्ने पक्षमा छन् । सत्तागठबन्धन दल राष्ट्रिय जनमोर्चा संसद्बाहिर रहेका दलसँग एमसिसी खारेजीको माग गर्दै सडक आन्दोलनमा सक्रिय छ । एमालेले भने सरकारले कार्यसूची बनाएर ल्याएपछि एमसिसीमा आफ्नो पार्टीले धारणा बनाउने बताउदै आएको छ । शुक्रबार पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले सदनमा आफूले उठाएका विषय हल भएपछि मात्र अन्य कार्यसूचीमा छलफल गर्न सकिने बताएका थिए । ‘एमसिसीका सन्दर्भमा सरकार के गर्छ भन्ने टुंगो लागेको छैन । न सरकारले संसद्को कार्यसूचीमा राखेको छ, न सरकारले हामीलाई केही बताएको छ,’ उनको भनाइ थियो, ‘संसद्प्रति नै हाम्रा केही प्रश्न छन् । जबसम्म हामीले राखेको विषय सुनुवाइ हुँदैन, कारबाही गरेका सदस्य राखेर संसद् चलाउने काम हुन्छ, त्यसमा असहमति रहन्छ ।’ - नयाँ पत्रिका

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?