Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आठ महिना भित्र पोखरा विमानस्थल सञ्चालनमा ल्याउने मन्त्री आलेको भनाई

2021 Dec 19 12:41 PM 21

विज्ञापन

Birat Cancer Hospital
आठ महिना भित्र पोखरा विमानस्थल सञ्चालनमा ल्याउने मन्त्री आलेको भनाई
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेसन फ्लाइट गर्ने जानकारीसमेत दिए। शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा सञ्चालक संघ, नेपालको २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले  व्यवसायीहरूको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराए। मन्त्री आलेले भने, ‘हामी करिब ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ। त्यति मात्रै नभएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मलाई लाग्छ, हप्ता, १० दिनभित्र क्यालिब्रेसन फ्लाइट गर्दै छौँ । त्यसलाई पनि छिट्टै सञ्चालनमा ल्याउँदै छौ्ँ। आज यहाँ आएर भनिरहँदा यो जुन व्यवसायमा आदरणीय आवद्ध व्यक्तित्वहरू हुनुहुन्छ। हजारौँलाई रोजगार सिर्जना गर्नुभएको छ। यो राज्यले गर्न सक्नेभन्दा बढी योगदान यहाँहरूले दिनुभएको छ। यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु।’ मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरूले हजारौँ नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढी काम गरेको भन्दै प्रशंसा पनि गरे। कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरूको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताए । उनले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउने नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको पनि बताए। कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। स्रोतः नयाँ पत्रिका

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?