Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि जनक मेमोरियल स्कूललाई

2021 Dec 20 2:14 PM 23

विज्ञापन

Birat Cancer Hospital
अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि जनक मेमोरियल स्कूललाई
विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ । फार्क क्लब रानी विराटनगर–१५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित गर्दै जनकले उपाधि जितेको हो । जनकले उपाधिसँगै नगद १० हजार रुपैयाँको साथै आकर्षक ट्रफिक हात पारेको छ । उपबिजेता बनेको डनबस्को स्कूलले नगद ५ हजार रुपैयाँको साथै ट्रफिममा चित्त बुझायो । जितको लागि जनकका सौगात थारू र अमितकुमार चौधरीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच डनबस्को अभिषेक कामत घोषित भए । प्रतियोगिताको बेस्ट कोच जनकको करण माझी घोषित भए । प्रतियोगिताको हाइस्कोर जनकका सौगात थारु, बेस्ट फरवर्ड गोदावरी स्कूलका केवल राई, बेस्ट मिड फिल्डर डनबस्को विराज रेग्मी, बेस्ट डिफेन्टर जनकका प्रभू नारयण माझी, बेस्ट किपर एभरेष्टका आशुदिप खड्का घोषित भएका छन् । यस्तै वेस्ट पिलियर जनकका अमित कुमार चौधरी, राइजिङ्ग पिलिएर जेविएरका अनुभव थापा मगर र प्रतियोगिताको अनुशासित टिम डिपिएस स्कूल भयो । मंसिर ४ देखि पुस ४ गतेसम्म भएको प्रतियोगितामा मोरङभरीका १६ वटा विद्यालयले भाग लिएका थिए । बिजेता तथा उपबिजेता हुने खेलाडीहरूलाई प्याब्सन मोरङको अध्यक्ष सीतला सुब्बा, विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकी, फार्क क्लब रानीका अध्यक्ष धनकुमार तामाङ्ग, संयोजक जितेन्द्र कुमार साह, प्याब्सन मोरङको कोषाध्यक्ष विष्णु डंगोललागयतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव रहेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?