Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शिक्षामा राजनैतिक हस्तक्षेपः दुर्गा प्रसाद पोखरेल

2021 Dec 21 1:14 PM 16

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी,विराटनगर । विराटनगर महानगरपालिका वडा नं.२ मा रहेको शंकरपुर आधारभूत विद्यालय । माघ महिनाको चिसो दिउसोको समय । विद्यालयको प्रवेशद्धारबाट भित्र छिर्ने बितिकै प्राङ्गडमा केही विद्यार्थीहरु घाम ताप्दै पढिरहेको अवस्थामा देखिन्थे । कक्षाकोठाहरु खालि खालि नै थिए । म त्यहाँ सामुदायिक विद्यालयको अवस्थाको बारेमा बुझ्ने सिलसिलामा पुगेकी थिए ।83225832_255577642087911_8569935952959504384_n मैले यस विद्यालयको अवस्था कस्तो छ भनेर सोध्दा शंकरपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद पोखरेल भन्छन्– ‘यी विद्यार्थीहरुलाई हेरेर पनि यस विद्यालयको अवस्था कस्तो छ भनेर अनुमान गर्न सकिन्छ ।’ यी विद्यार्थीहरुका अभिभावकहरुलाई न त शिक्षाको महत्व थाहा छ, न त आफ्नो सन्तानलाई पढाउनु पर्छ भन्ने नै चेतना । हामीले यी विद्यार्थीहरुलाई पनि घर घरबाट खोजेर ल्याएका हौं ।’ विद्यार्थीहरुलाई विद्यालयमा ल्याउनको लागी विद्यालयले सिटी सफारीको व्यवस्था गरेको छ । शिक्षकहरु मिलेर सिटी सफारीको पारिश्रमिक उपलब्ध गराउने गरेको उनी बताउछन् । उनी यस विद्यालयमा वि.सं.२०४८ कार्तिक १० गते नियुक्त भएर यस विद्यालयमा आएका थिए । यस विद्यालयमा आउदा ३ सय २० जना विद्यार्थीहरु थिए भनि हाल ६९ विद्यार्थीहरु मात्र रहेको उनी बताउछन् । यस शंकरपुर आधारभूत विद्यालय वि.सं. २०२५ सालमा स्थापना भएको थियो । ८ कठ्ठा १७ धुर जग्गामा रहेको विद्यालयमा ८ वटा कक्षा कोठाहरु रहेका छन् । भने ५ शिक्षकहरुले अध्यापन गराउदै आइरहेका छन् । विराटनगरमा ५४ सामुदायिक विद्यालय, १२ धार्मिक विद्यालय र १ सय ४ निजी विद्यालय रहेका छन् । यस विद्यालयमा मात्र हैन नेपालका अधिकांश सामुदायिक विद्यालयको यस्तै दयनिय अवस्था रहेको छ । सामुदायिक विद्यालयको अवस्था कमजोर हुनुमा निजि विद्यालय प्रतिको मोहको कारण एक हो भनी राजनैतिक चलखेल प्रमुख कारण हो । उनी भन्छन्–‘म प्रधानाध्यापक भएको एक बर्ष मात्र हुदैछ । म मेरो कार्यअवधि भित्रमा यस विद्यालयको भौतिक संरचना देखि लिएर पढाइको गुणस्तरमा पनि आमुल परिवर्तन ल्याउने छु ।83096695_2594236984167056_4332874870628024320_n शिक्षकहरुले गुणस्तरिय शिक्षा न दिनुको साथै राजनैतिक रुपमा चरम चलखेल हुने भएकाले निजि विद्यालयको अवस्था खस्किएको हो । जबसम्म राम्रो हैन हाम्रो भन्ने प्रवृति हट्दैन, राजनैतिक चलखेल हुदैन तबसम्म कुनै सामुदायिक विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्न सक्दैनन् । उनी भन्छन् –‘सामुदायिक विद्यालयहरु मर्च गर्नुमा पनि राजनैतिक चलखेल भैरहेको छ ।भविष्यमा यसले निजि क्षेत्रका विद्यालयलाई नै फाइदा हुने गर्छ ।’ विद्यार्थी भएनन् चनेर विद्यालय एक अर्कोमा मर्च गर्नु भन्दा किन सामुदायिक विद्यालयहरुमा विद्यार्थी भएनन् ? किन गुणस्तर हुन सकेन पढाई ? भन्ने कुराको खोजी गरी त्यस अनुरुपको कार्ययोजना ल्याउने हो भनी निजि क्षेत्रका विद्यालय भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरुको कमी नहुने दावि गर्छन् पोखरेल । सामुलायिक विद्यालयको पढाई गुणस्तर छैन त्यसलाई हामीले सुइकार्नै पर्छ । तर कसरी राम्रो बनाउने भन्ने विषयमा पनि गम्भिर रुपमा सोच्नै पर्छ । 83256767_2822455781138441_3084276080375234560_nउनी भन्छन् – ‘बाटो विग्रियो भनेर बाटै हिड्न छोड्नु कतिको उपयुक्त हुन्छ ? हामीले विग्रिएको बाटो बनाउने हो की हिड्नै छाडिदिने त ?’ आजको दिनमा सामुलायिक विद्यालयको अवस्था देख्दा दुःख लाग्ने गरेको उनी बताउछन् । सामुदायि विद्यालयलाई पनि गुणस्तरिय बनाउन सकिन्छ । अङग्रेजी माध्यमबाट दक्ष श्क्षिकले अनुशासित र मर्यादित भएर पढाउने हो भने सामुदायिक विद्याालयको अवस्था राम्रो हुन सक्छ । गुणस्तरिय पढाई भएमा विद्यार्थीहरु सामुदायिक विद्यालयमा पनि निजि विद्यालय जस्तै विद्यार्थीहरु हुन सक्छन् । साथै गुणस्तरिय शिक्षा पनि हासिल गर्न सक्छन् । त्यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो