Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आन्दोलन के का लागि ?

2021 Dec 27 1:41 PM 32

विज्ञापन

Birat Cancer Hospital
आन्दोलन के का लागि ?
एन्जु शिवाकोटी, विराटनगर । आन्दोलन के का लागि ? सामान्यतया हामिले बुझ्ने गरेको आम आन्दोलन न्यायिक प्रशासनहरुले अन्यायमा परेको कुरालाई ध्यानमा नदिदाखेरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनका लागि गर्ने गरेको देखिन्छ । तर हिजो सिराहाको गोलबजारमा सिके राउत नेक्रित्वको जनमत पार्टीले गरेको आन्दोलन हेर्दा न्यायको लागि गरिएको हो भन्न सकिने कुनै ठाउँ नै थिएन् । जनताको लागि सबै राजनैतिक दलहरुको मुख्य एजेण्डा नै अन्याय नगर्ने हुन्छ । तर न्यायको नाममा गरिने अन्यायलाई के भन्ने ? हिजो सिराहाको गोलबजारमा भएको अनियन्त्रित जनमत पार्टीका कार्यकर्ताले गरेको कर्तुतको सानो भागलाई एक व्यक्तिले आफ्नो सामाजिक सञ्जाल टिकटकमा राखेको दृश्य साच्चै नै दर्दनाक थियो । टिकटकमा देखाइएको दृश्यमा ट्रक जलाइएको, ट्रक चालक गाडी छोडेड भागेको र अलि पर पूगेर अरु कसैको फोनबाट आफन्तलाई रुदै फोन गरेको देखिन्यो । ना ५ ख ५२२ नम्बरको उक्त ट्रक उदयपुरको गाइघाट जाँदै थियो । ट्रक चालकलाई ट्रकबाट गोलबजारको चोहर्वा चोकमा आन्दोलनकारीले लाठीभाटा सहित ढुँगा हान्दै रोक्न लगाएको थियो । अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो। प्रहरी आएपछि दौडिँदै आएका तिमलसिना भक्कानिँदै आफ्नो ट्रकमा आगो फुक्नुको कारण सोधिरहेका थिए। आइतबारको उग्र प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनीमा संलग्न १४ जनालाई पक्राउ गरिएको एसपी पाण्डेले बताए। उनका अनुुसार १४ वटा सवारीसाधनमा तोडफोड र एउटा ट्रकमा आगजनी भएको छ। प्रहरीका दुई र सशस्त्र प्रहरीका एक गरी तीनजना घाइते भएको पत्रपत्रिकामा उल्लेख छ । जनमत पार्टीले आइतबार सिरहामा आमहडताल घोषणा गरेको थियो। सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बीउ केही उच्छृंखल व्यक्तिको उक्साहटमा  लुटिएको थियो। गाउँपालिकाले लुटपाटमा संलग्नमाथि कारबाहीका लागि प्रशासनलाई गुहार्‍यो। प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा स्थानीय मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलायो। कात्तिक ४ गते जनकपुरधामस्थित खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख राजेश कुशवाहालाई जनमतका कार्यकर्ताले दुर्व्यहार गरे। ‘जनकारबाही’ का नाममा कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै बन्धक बनाएर हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए। पछिल्लो समय सबैभन्दा बढी पिरोलिएका छन् किसानहरु । मलखाद, बीउविजन, सिँचाइको समस्या र भ्रष्टाचारले मधेस आक्रान्त छ ।  मधेसका यी मूल मुद्दा समातेर राजनीतिक प्रभाव जमाउन खोज्नु कतिको जाहेज कुरा हो ? न्यायको नाममा यसरी दिनानुदिने हुने अन्यायको अन्त्य कहिल्य हुन्छ त ? राजनितिको खास्टो ओडेर गरिने अपराधको अन्त्य कहिल्यै नहुने हो त ?

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न