Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आन्दोलन के का लागि ?

2021 Dec 27 1:41 PM 42

विज्ञापन

Birat Cancer Hospital
आन्दोलन के का लागि ?
एन्जु शिवाकोटी, विराटनगर । आन्दोलन के का लागि ? सामान्यतया हामिले बुझ्ने गरेको आम आन्दोलन न्यायिक प्रशासनहरुले अन्यायमा परेको कुरालाई ध्यानमा नदिदाखेरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनका लागि गर्ने गरेको देखिन्छ । तर हिजो सिराहाको गोलबजारमा सिके राउत नेक्रित्वको जनमत पार्टीले गरेको आन्दोलन हेर्दा न्यायको लागि गरिएको हो भन्न सकिने कुनै ठाउँ नै थिएन् । जनताको लागि सबै राजनैतिक दलहरुको मुख्य एजेण्डा नै अन्याय नगर्ने हुन्छ । तर न्यायको नाममा गरिने अन्यायलाई के भन्ने ? हिजो सिराहाको गोलबजारमा भएको अनियन्त्रित जनमत पार्टीका कार्यकर्ताले गरेको कर्तुतको सानो भागलाई एक व्यक्तिले आफ्नो सामाजिक सञ्जाल टिकटकमा राखेको दृश्य साच्चै नै दर्दनाक थियो । टिकटकमा देखाइएको दृश्यमा ट्रक जलाइएको, ट्रक चालक गाडी छोडेड भागेको र अलि पर पूगेर अरु कसैको फोनबाट आफन्तलाई रुदै फोन गरेको देखिन्यो । ना ५ ख ५२२ नम्बरको उक्त ट्रक उदयपुरको गाइघाट जाँदै थियो । ट्रक चालकलाई ट्रकबाट गोलबजारको चोहर्वा चोकमा आन्दोलनकारीले लाठीभाटा सहित ढुँगा हान्दै रोक्न लगाएको थियो । अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो। प्रहरी आएपछि दौडिँदै आएका तिमलसिना भक्कानिँदै आफ्नो ट्रकमा आगो फुक्नुको कारण सोधिरहेका थिए। आइतबारको उग्र प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनीमा संलग्न १४ जनालाई पक्राउ गरिएको एसपी पाण्डेले बताए। उनका अनुुसार १४ वटा सवारीसाधनमा तोडफोड र एउटा ट्रकमा आगजनी भएको छ। प्रहरीका दुई र सशस्त्र प्रहरीका एक गरी तीनजना घाइते भएको पत्रपत्रिकामा उल्लेख छ । जनमत पार्टीले आइतबार सिरहामा आमहडताल घोषणा गरेको थियो। सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बीउ केही उच्छृंखल व्यक्तिको उक्साहटमा  लुटिएको थियो। गाउँपालिकाले लुटपाटमा संलग्नमाथि कारबाहीका लागि प्रशासनलाई गुहार्‍यो। प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा स्थानीय मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलायो। कात्तिक ४ गते जनकपुरधामस्थित खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख राजेश कुशवाहालाई जनमतका कार्यकर्ताले दुर्व्यहार गरे। ‘जनकारबाही’ का नाममा कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै बन्धक बनाएर हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए। पछिल्लो समय सबैभन्दा बढी पिरोलिएका छन् किसानहरु । मलखाद, बीउविजन, सिँचाइको समस्या र भ्रष्टाचारले मधेस आक्रान्त छ ।  मधेसका यी मूल मुद्दा समातेर राजनीतिक प्रभाव जमाउन खोज्नु कतिको जाहेज कुरा हो ? न्यायको नाममा यसरी दिनानुदिने हुने अन्यायको अन्त्य कहिल्य हुन्छ त ? राजनितिको खास्टो ओडेर गरिने अपराधको अन्त्य कहिल्यै नहुने हो त ?

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला