Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

के विकासका नाममा हिमालय रोड बिनाश हुँदैछ त ?

2021 Dec 28 1:04 PM 35

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी, विराटनगर। विराटनगरको हिमालय रोड सौन्दर्यीकरणको योजना यति बेला सर्वत्र आलोचित भइरहेको छ । विराटनगरबासीहरुले यस योजना प्रति असहमति जनाउदै आएका छन् । नागरिक अगुवा तथा बुद्घिजीविहरुले संयुक्त रुपमा पुष ९ गते विराटनगरको केन्द्र्रविन्दुको रुपमा रहेको जनआन्दोलन चोकको सांस्कृतिक, राजनीतिक तथा ऐतिहासिक गरिमा समाप्त हुने भन्दै प्रेस विज्ञप्ति जारी गरि विरोध जनाएका थिए । यस अगाडि स्थानियबासी तथा व्यवसायीहरुले पुष ८ गते सौन्दर्यीकरणको यस योजना अन्यत्रै सार्न माग राख्दै १ घण्टा सटर डाउन गर्दै विरोध जानाएका थिए । हिमालय रोडलाई सिकिम्मको महात्मा गान्धी रोड जस्तै बनाउने महानगरपालिकाको यो योजना कतिको जाहेज छ त भन्ने विषयमा मेयर भिम पराजुलीले योजनाको विरोध गर्नु गलत रहेको बताएका छन् । स्मार्ट सडको निमार्ण गरी हिमालयरोडको स्तरोन्नति गर्ने योजना रहेको जसले गर्दा मानविय चहल पहल बढ्नुका साथै व्यापारमा पनि उन्नती हुने मेयरको भनाई छ । यस परियोजनाको विरोध गर्नु समग्र रुपमा विराटनगरको स्तरोन्नतिको विरोध गर्नु सरह रहेको बताएका छन् ।himalaye-road1 महेन्द्र चोक देखि ट्राफिक चोकसम्म जोड्ने सडम खण्ड निमार्ण संरचना र सडक पेटिलाई कुनै किसिमको क्षेति नपुग्ने गरी १ सय ४० मिटर लम्बाई र ११ दशमलव ६ मिटरको चौडाईमा मंसिर ३ गते देखि हिमालय रोडको महानगरपालिकाले सौन्दर्यीकरण योजना सुरु गरेको थियो । महानगरपालिकाका अनुसार चार चक्के सवारी साधन पार्किङका लागि सडकको पश्चिम तर्फ ८ सय इस्कुवायर फिटको पर्किङ क्षेत्र निमार्ण गरिने छ । हिमालय रोडलाई चार सेक्सनमा विभाजन गरिने छ । जस अन्तर्गत पश्चिम तर्फ सेक्सन ए मा खुल्ला क्षेत्र र विभिन्न कार्यक्रम सञ्चालनको लागि स्टेज, सेक्सन बि मा हरियाली पार्क, सेक्सन सी मा पाउन्टेन वाटर पार्क तथा जनचेतनामुलक कार्यक्रमका लागि एमफि थिएटर र सेक्सन डी मा दुईचक्के सवारी साधनका लागि पार्किङ क्षेत्र बनाइने योजना रहेको छ । १ करोड ६१ लाख ४२ हजार लागत रहेको यस परियोजनालाई कला विल्डसले ठेक्का लिएको छ ।himalaye-road2 यस परियोजनालाई समग्र रुपमा हेर्नेहोभनी त्यति प्रभावकारी देखिदैन । यस परियोजनाले सेक्सन छुट्याएर पार्क वनाए पनि साँगुरो सडक झन साँगुरिने देखिन्छ । सवारी साधनको पार्किङ क्षेत्र छुट्याइएको भएता पनि प्रयाप्त देखिदैन । ठुला सवारी साधनको लागि यो उपयुक्त छैन् । सडक साँगुरो हुने भएकाले ट्राफिक जाम सधै हुन सक्छ । तिन पाङ्ग्रे सिटि रिक्साको विषयमा यस योजना मौन देखिन्छ जसले गर्दा हिमालय रोडमा रहेर सिटि रिक्सा चलाउदै आएका सिटिहरु विस्थापित हुने छन् । स्माट पार्क बनाउनु राम्रो कुरा हो । तर सहि ठाँउ, परिवेश अनुसार उचित तरिकाको योजना नहँदा गरिएको विकास कार्यले प्रभावकारिता देखाउन सक्दैन । सौन्दर्यीकरणका नाममा हुन लागेको स्माट पार्क निमार्णले विराटनगरको मुटुको रुपमा रहेको महेन्द्र चोकको गरिमामय इतिहासलाई समाप्त पार्ने देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न