Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जीविकोपार्जनका लागि जडिबुट्टीको व्यापार

2022 Jan 2 11:09 AM 31

विज्ञापन

Birat Cancer Hospital
जीविकोपार्जनका लागि जडिबुट्टीको व्यापार
एन्जु शिवाकोटी, विराटनगर । संखुवासभा भोटखोलाकी डोल्मा शेर्पा हरेक बर्ष हिमाली भेगबाट बर्षेनी जीविकोपार्जनका लागि मधेश झर्ने गछिन् । गत बर्ष झै उनी यस बर्ष पनि जडिबुट्टी लिएर माघको अन्तिम साता मधेश झरेकी छिन् । उनीले इटहरीमा एउटा भाडाको कोठा लिएकी छन् । हरेक दिन आफुले ल्याएका जडिबुट्टी लिएर विराटनगर आउने गछिन् । सधावर्षहरुमा उनी मधेशका बजारहरुमा जडिबुट्टी लिएर डुल्ने गर्थिन भने यस बर्ष उनीले एउटा निस्थित ठाँउ बनाएइकी छन् । हरेक विहान इटहरीमाबाट १० बजे विराटनगर हनुमान मन्दिर नजिकैको ठाकुरवाडी रोड जाने बाटोको सडक पेटिमा व्यापार लिएर बस्ने गर्छिन् । फाल्गुनमा मधेश झरेकी डोल्मा बैशाखको अन्तिम सातातिर घर फर्कने बताउछिन् । उनी भन्छिन्,‘जीविकोपार्जन गर्न अरु कुनै माध्यम छैन, यस जडिबुट्टीको व्यापार घर धान्न राम्रो विकल्प बनेकको छ ।’270031680_660543908451590_3353792041896809912_n डोल्मा मात्र होइन संखुवासभाबाट धेरै युवायुवतिहरु हिउँदमा जडिबुट्टीको व्यापार लिएर आउने गर्छन् । डोल्माको साथमा उनका दाई छिरिङ शेर्पा पनि आएका छन् । डोल्मा विराटनगरमा व्यापार लिएर इटहरीबाट विहान आउने गर्छिन भने उनका दाई इटहरीबाट इनरुवा जाने गर्छन् । बर्खाभरि हिमालका जंगलमा,पहरामा खोला किनारबाट जडिबुट्टी आफू र दाई मिलेर बटुल्ने गरेको डोल्माले बताइन । उनले भनिन,‘यो हाम्रो पुस्तेनी व्यापार हो । जडिबुट्टीहरु लिएर पहिला बुवा आमाअरु मधेश आउने गर्नु हुन्थ्यो । दाई र मलाई आमाबुबाले नै जडिबुट्टी चिनाउनु भयो । र कस्तो ठाउँमा कस्ता जडिबुट्टी पाइन्छ भनेर सिकाउनु भयो ।’ मधेशका बजारहरुमा जडिबुट्टीको माग धेरै हुने गरेको र आफ्नो घरको आर्थिक अवस्थामा यस व्यापारले सुधार ल्याएको डोल्माको भनाइ छ । हरेक बर्ष पूर्वी मधेशका विभिन्न बजारहरुमा जडिबुट्टी लिएर आउने गरेको उनले बताइन् । विहान १० बजे देखि ठाकुरवाडी रोडमा उनी बेलुकीको ५ बजे सम्म आफ्नो व्यापार लिएर बस्ने गर्छिन् । दिनको ३ हजार देखि ५ हजार सम्मको व्यापार हुने गरेको डोल्माले बताइन् । सबैभन्दा बढी सालधुप बिक्री हुने गरेको उनको भनाई छ । सालधुपको पुजा गर्दा धुपको रुपमा प्रयोग गर्ने गरिन्छ । ‘यो मौसममा संखुवासभामा अत्याधिक चिसो हुने गरेकाले बर्खाको समयमा जडिबुट्टी बटुल्ने र हिँउदमा मधेशमा ल्याएर बेच्ने गछौं ।’ डोल्माले भनिन,‘हिउँदमा जाडो पनि छलिने र व्यापार पनि राम्रो हुने गर्छ ।’ हिमाली क्षेत्रमा पाइने पाँचऔले, पाखन्बेद,बुढो ओखती, सालधुप, चिराइतो, भेडाको घिउ, कौडा, चिनफिङ आदि जडिबुट्टीहरु मधेश ल्याएर बिक्री गर्ने गरेको डोल्माले बताइन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न