Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नोबेल शिक्षण अस्पतालका सञ्चलकलाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश

2022 Jan 6 3:36 PM 13

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश दिएको छ । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई यस्तो निर्देशन दिएको हो । शिक्षण अस्पतालहरुले तोकिएको भन्दा ३५ देखि ४० लाख रुपैयाँसम्म बढी शुल्क लिएपछि आयोगले  विराटनगरको नोबेल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरणमा  शिक्षण अस्पतालले आयोगद्वारा निर्धारित शुल्क मात्र लिने प्रतिबद्धता जनाएको  थियो  । तर, नोबेलले बढी शुल्क लिन नछाडेपछि  विद्यार्थीहरुको उजुरीको आधारमा बुधबार गृह मन्त्रालयले सञ्चालक शर्मालाई पक्राउ गरि प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । गृहबाट पत्र आएको बिषयलाई पुष्टि गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार घटना सम्बन्धमा विस्तृत अनुसन्धान गरिने बताए । अनुसन्धानको क्रममा सञ्चालक शर्मा दोषी देखिए उनीमाथि ठगी मुद्दामा कारबाही अघि बढाईने उनले  जानकारी दिए । चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ । यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरुले बताएका छन् । कलेजले भने अनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुको भनाई छ । नोबेलमा एमबिबिएस अध्ययन गर्ने १०० जना विद्यार्थीहरु छन् । जसमध्ये हाल २७ जनाले मात्र कलेज भनेको सबै शुल्क भुक्तानी गरेका छन् । उनीहरुले नियमित कक्षा समेत लिईरहेका छन् । तर, मनोमानी ढङ्गबाट निर्धारण गरिएको उक्त अतिरिक्त शुल्क तिर्न नसक्ने विद्यार्थी हाल पठनपाठनबाट बञ्चित छन् । मङ्सिर १९ गतेदेखि नियमित पठनपाठन सुरु भईसकेको भएपनि कलेजले उनीहरुलाई कक्षाकोठामा प्रवेश दिएको छैन् । त्यसयता एमबिबिएस अध्ययनरत बाँकी ७३ जना विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् । आन्दोलनकै क्रममा बुधबार विद्यार्थीहरुले अस्पताल प्रशासनमा अनिश्चितकालीन तालाबन्दी र चर्को नाराबाजी समेत गरेका छन् । विद्यार्थीहरुको आन्दोलनप्रति मोरङका संयुक्त विद्यार्थी संगठनले समर्थन जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो