Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपमा आर्मी क्लब विजयी

2022 Jan 10 2:10 PM 15

विज्ञापन

Birat Cancer Hospital
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो । जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो । कर्णाली प्रदेशका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक १५ रनको योगदान दिए भने अर्जुन घर्तीले १६ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । प्रकाश जैसीले आठ रन जोडे भने निश्चल रावलले दुई तथा दिनेश अधिकारी र हिमांशु शाहीले एक÷एक रन जोडे । कर्णाली प्रदेशलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जीतेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारीले र साहब आलमले दुई÷दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको आर्मीले १९ दशमल एक ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे भने हरि चौहानले २० रन जोडे । त्यसैगरी रोहित पौडेल र कुशल मल्लले समान १०÷१० रन जोडे । सोमपाल कामी नौ रनमा आउट हुँदा जीतेन्द्र मुखिया आठ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन विकेट लिए । अनुज चुनराले दुई तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले एक÷एक विकेट लिए । आजदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोली सहभागी छन् । प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ रहेका छन् । त्यस्तै समूह ‘बी’ मा शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने आगामी माघ ५ गते हुनेछ । रासस

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो