Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वीपि प्रतिष्ठानको आन्दोलन अर्थहिन

2022 Jan 11 11:38 AM 30

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी, धरान । वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा लामोसमयदेखि भइरहेको आन्दोलन अर्थहिन भएको स्थानियले बताएका छन् । उपकुलपति ज्ञानेन्द्र गिरी, रजिस्टार मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष गुरु खनाल र अस्पताल निर्देशक गौरी शंकर साहको बर्खास्तको एजेण्डा अघि सार्दै संघर्ष समीतिले लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ । यसरी बर्खास्तको माग गर्दै प्रतिष्ठानका पदाधिकारीहरुले नै आन्दोलन उचित नहुन बुद्घिजीविहरुको भनाई छ । प्रतिष्ठानका पदाधिकारीहरुले पदीय जिम्मेवारी पुरा नगरे पदमुक्त अथवा बर्खास्त गर्न माग राख्दै संघर्ष समितिले कार्तिक २६ गते प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको थियो । तर प्रतिष्ठानमा यसरी आन्दोलन गर्न नमिल्ने भन्दै प्रदानमन्त्री देउवाले आन्दोलन नगर्न आग्रह गरेका छन् । पटक पटक आन्दोलन गरी अस्पतालमा बन्द गर्ने, कामकाज रोकेर आन्दोलन गर्नुको कुनै औचित्य छैन । यसरी बेला बेला हुने आन्दोलनका कारण विरामीहरु मार्कामा परेका छन् । इटहरी – ५ बाट टाउको दुख्ने समया भएर उपचारका लागि गएका रमेश राईले समयमा उपचार पाउन सकेनन् । ‘वीपि प्रतिष्ठानमा उपचार गराउन जान आजभोलि गाह्रो छ । मैले धेरै दुःख पाएको छु । उनीहरुको आपसि आन्दोलनले गरेर मैले समयमा उपचार पाउन सकिन ।’ उनी मात्र हैन जनरल वार्डमा जचाउन जाने बिरामीले कतिपय उपचारको लागि महिना दिनसम्म पनि कुर्नु परेको गुनासो गरेका छन् । वीपि प्रतिष्ठान ४ सय बिगाह क्षेत्रफलमा फैलिएको छ । प्रतिष्ठानको १५ हजार भन्दा बढी मानिस बस्छन् । उनीहरुले खानेपानि र बिजुलीको महसुल नै मासिक करोड रुपैयाँ हुने गर्छ । प्रतिष्ठानमा डेढ सयभन्दा बढी गार्ड छन् । उनीहरुका लागि वार्षिक तीन करोड प्रतिष्ठानले तिर्ने गरेको छ । अस्पताल बाहिरको क्षेत्र, क्वाटर, छात्रावासको सफाइका लागि वार्षिक अढाइ करोड जति खर्च हुने गर्छ । यो अस्पतालमा काम गर्ने चिकित्सकले बाहिर गएर बिरामी जाँच गर्न नपाउने भएकाले उनीहरुलाई बढी तलब दिनु परेको बताउँछन् अस्पताल निर्देशक गौरीशैकर साह । ‘उनीहरुले आवास पाउने सेवा सुविधामा हुने खर्च पनि तुलनात्मक रुपमा बढी छ । प्रतिष्ठानको खर्च ठूलो भएता पनि सरकारले स्वायत्त भनेर बजेट दिँदैन । प्रतिष्ठानको बजेट कति छ भन्नेबारे पदाधिकारी आफै अनविज्ञ छन् । ’ प्रतिष्ठानका पदाधिकारीहरुले यसरी बेला बेला आन्दोलन गर्नुले कुनै अर्थ राख्दैन । आन्दोलनले सबैले सास्ति मात्र बेहोर्नु पर्छ । प्रतिष्ठानको नाम बद्नाम हुनुदेखि बाहेक अरु केही हुन नसक्ने हुँदा यसरी आन्दोलन गर्नुले कुनै अर्थ राख्दैन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न